फेरी मन्त्रिपरिषद् विस्तार, आजै नयाँ मन्त्रीको शपथ नामावलीसहित

oli
oli
June 10, 1:55

जेठ २७ काठमाण्डौं ।
       प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रधानमन्त्री ओलीले आज सात मन्त्री र एक राज्यमन्त्रीलाई शथप ग्रहण गराउन लागेको हुन ।
यसअघि प्रधानमन्त्री ओलीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लागेका हुन् । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराएका छन् ।
          प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् ।  कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन् । त्यसैगरी ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् ।
       मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधिसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा