निर्वाचन आयोग र सभामुखविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

news
news
September 05, 4:04

काठमाडौं । निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमालेले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।सर्वोच्च अदालतले  आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सो मुद्दाको पेसी तोकेको भए पनि इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

गत बुधबार एमालेले निर्वाचन आयोग, सभामुख सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूणर्बहादुर घर्ती विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । सो रिटमा निर्वाचन आयोगले एमाले विभाजनको विषयमा वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गराएको भन्दै एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन अन्तरिम आदेश माग गरिएको छ ।

यसैगरी सभामुख सापकोटाले पार्टीबाट कारवाही भएका एमाले सांसदहरुको सूचना टाँस नगरेको भनिएको छ भने लुम्बिनी प्रदेशका सभामुखले समेत प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको उल्लेख छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा