नेकपामा भीम रावल निर्णायक बन्दै

bhim-rawal
bhim-rawal
February 23, 6:49

काठमाडौँ, फागुन ११ - मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी  नेपालमा निकै विवादितत आन्तरिक कलहको कारण बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि यसलाई पास गर्ने मनशायमा रहेपनि पार्टी भित्र खास गरी भीम रावलको कठोर अडानका कारणले नेकपा केन्द्रीय समितिको बैठकले कार्यदल बनायो ।

समझदार नेताको रुपमा चिनिने झलनाथ खनालको नेतृत्वमा एमसीसी पास गर्न नहुने अडानमा रहेका भीम रावल र एमसीसी जसरी नि पास गर्न पर्छ एमसीसीको फुलफम थाहै नभएका मान्छेले विरोध गरेको भनेर अड्डी कस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राखेर बनाइएको कार्यदलले काम गर्न तोकेको समय भन्दा दोब्बर समय बढी लगायो ।

पार्टी अध्यक्ष प्रचण्ड समेत अन्य नेताले कार्यदलले अध्ययन मात्रै गर्ने हो । एमसीसी पास हुन्छ भने पनि कार्यदलको प्रतिवेदन आएपछि भने सोझै पास गर्न अब नेतृत्वलाई कठिन पर्ने देखिएको छ ।

एमसीसीका गम्भीर बुँदामा अमेरीकी न्यूयोर्क स्टेटको कानुन लागु हुनेछ भन्ने सम्मका बुँदा रहेको भेटिएपछि कार्यदल संयोजक खनाल पनि ससोधन नगरी एमसीसी पारीत गर्न नहुने पक्षमा उभिएको बुझिएको छ । र सुझाव पनि त्यसरी नै दिइएको छ ।

अब यस अघि भीम रावलले एमसीसीको डकुमेन्ट बोकेर कहिले मिडियामा त कहिले सार्वजनिक कार्यक्रममा एक्लै बोल्थे भने अब शीर्ष तहकै नेता खनालले पनि सोही कुरा बोल्न थालेका छन् एमसीसीका गम्भीर बुँदा ससोधन गरेर मात्र पारित गर्नु पर्छ । खनालले यथास्थितिमा एमसीसी पास भए नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पर्ने बताए । शुरुमा विरोध गर्ने पार्टीमा उनी एक्लै जस्ता देखिन्थे तर अब कार्यदल र शीर्ष नेता समेत एमसीसी ससोधन नगरी पारित हुदैन भन्ने लाईनमा आईपुग्नु भनेको भीम रावलको निरन्तर संघर्षको परिणामै भएको ठानिएको छ ।

खनालले कार्यदलले दिएको सुझाव अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले अध्ययन गरे पछि छलफल हुने र विना सशोधन एमसीसी पास नहुने बताएका छन् । माघ १५ देखि १९ गते सम्म चलेको बैठकमा एमसीसीका बारेमा विवाद भएपछि खनालको नेतृत्वमा कार्यदल बनेको थियो । र त्यसले २० दिन लगाएर यो सुझाव ल्याएको हो । अब दुई शीर्ष नेताले अध्ययन गरे पछि सचिवालयको बैठकमा पेश हुने र एमसीसीबारे निर्णय हुने नेताहरुले बताएका छन् ।

यी सबै घटनाक्रमले पार्टी भित्र भीम रावलले लिएको एमसीसी सम्बन्धि अडान प्रभावशाली बन्ने देखिएको छ । अध्यक्षद्धयले जसरी नि पास हुन्छ भनेर जादाँ पार्टी भित्र गम्भीर समस्या उत्पन्न हुने छ । सहमति गर्दा एमसीसी शसोधन नगरी सहमति हुदैन । अब प्रदीप ज्ञवाली लगायतले मात्रै एमसीसीको प्रतिरक्षा गरेर नपुग्ने देखिन्छ ।

भीम रावलले एमसीसीको विरोध गर्दा बालुवाटारबाट ज्यान मार्ने धम्की आएको सार्वजनिक भएको थियो भने पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले त अमेरीकाले सुलेमानी बनाईदिन सक्छ भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति समेत दिएका थिए ।

अर्कोतिर भीम रावलले पद नपाएकाले एमसीसीको विरोध गरेको भन्ने विषय प्रमका प्रेस सल्लाहकार सूर्य थापा लगायतले पनि अब एमसीसी भीम रावलको मोडल अर्थात गम्भीर र राष्ट्र विरोधी बुँदा शसोधन गरेर मात्रै पारित गर्ने दिशामा जानु पर्ने पक्षमा पल्ला भारी हुने देखिएको छ ।

यसैबीच अमेरीका भने पाच वर्षदेखि चलेको प्रकृया भएको हुनाले एमसीसीमा अब सशोधन गर्ने मनशायमा देखिदैन् । अब समय छैन अमेरीकी राजदुर रेन्डी बेरीले बीबीसीसगँ भनेका छन् ।

यी सबै प्रकरण हेर्दा नेकपा भित्र एमसीसीको मामलामा भीम रावलको फर्मुला बलियो बन्ने देखा पर्यो भने अर्कोतिर अमेरीकाले शसोधन गर्न नमाने एमसीसी झनै अलमलमा पर्ने देखिन्छ ।

यस अघि गत असारमै ससदमा पारित गर्न संसदमा दर्ता गरिएको एमसीसी पास गर्न पेश गर्न नमानेका कारणले नै पूर्व सभामुख कृष्णबहादुर महरालाई जेल हालिएको दावी हुदै आएको छ । महरा जेल परे पछि कान्तिपुर दैनिकमा प्रकाशित अन्तवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुखले एमसीसी पास गर्न सरकारलाई सहयोग नगरेको आरोप लगाएका थिए ।

अहिलेका सभामुखमाथि पनि एमसीसी टेबल गर्ने दवाव रहेको बताईन्छ । तर अब पार्टी भित्र कार्यदल र प्रतिवेदनको विषयले गर्दा उनीमाथिको बोझ केही कम भएको हुन सक्छ । यो एमसीसीको बिरुद्ध विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी सहित ९ दल र अन्य बुद्धीजीवी संघ संस्था पनि रहेका छन् भने सत्तारुढ नेकपा भित्रकै पक्ति पनि एमसीसी विरुद्ध क्रियाशील रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा