आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सचेत रहन आग्रह

Rain fall
Rain fall
June 14, 9:32

धनगढी, जेठ ३२ – आज देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा दिउँसो पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि मौसविद्ले अनुमान गरेका छन् ।

अहिले पनि प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली  र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको  छ । पानी पर्ने क्रम दिनदिनै बढ्दै जाने सम्भावना छ ।

यसैबीच ठूलो पानी पर्ने स्थानमा बाढि र पहिरोको जोखिम हुने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन र बाढीको बारेमा जानकारी लिन टोल फ्रि नम्बरमा ११ ५५ फोन गर्न पनि विभागले अनुरोध गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा