मन्त्रिपरिषद् हेरफेरको तयारी, बास्कोटाको ठाउँमा मन्त्री बन्ने प्रस्ताव भीम रावलले अस्वीकार गरे 

Bhim Rawol
Bhim Rawol
June 26, 8:11

काठमाण्डौं, असार १२ –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई कडा आलोचना गरेका छन् । 

एकातिर स्थायी कमिटी बैठकमा नेताहरुबीचको मतभेद स्पष्ट देखिएको छ भने अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली अब मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्ने तयारीमा जुटेका छन् । 

यसका लागि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेको उनीनिकट एक नेताले बताएका छन् । प्रधानमन्त्री ओली निकट ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले खाली रहेका दुई मन्त्रालय सूचना तथा सन्चार र सहरी विकास मन्त्रालयमा अबको सातामा नै दुई मन्त्री नियुक्ती गर्दै छन् । यही समयमा नै अहिलेका केही मन्त्रीहरुलाई हटाउने तयारी प्रधानमन्त्री ओलीले गरेको र त्यसका लागि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल भइसकेको दाबी ती नेताको छ ।

नेकपामा स्थायी कमिटी सदस्यसमेत रहेका ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई सूचना तथा सन्चार मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । तर, भीम रावलले उनको यो प्रस्तावलाई अस्वीकार गरेका छन् । 

पछिल्लो समय पार्टी नेतृत्व र सरकारप्रति कडा आलोचकका रुपमा देखिएका रावलले अहिलेको सरकारमा आफू सहभागी नहुने यसअघि पनि बताएका थिए । केही समययता प्रधानमन्त्री ओलीले पार्टीमा फरक र आलोचक विचार राखिरहेका नेताहरुलाई मन्त्री बनाउन थालेका छन् । यसको उदाहरणका रुपमा उनले पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेर गर्दा घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाउनु रहेको बुझाइ नेकपा भित्रै छ ।

तर, रावलले यो प्रस्ताव अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले सूचना तथा सन्चारका लागि कसलाई जिम्मेवारी दिने भन्ने निक्र्योल निकालिसकेका छैनन् ।

ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेका केही मन्त्रीहरुलाई पनि हेरफेर गर्ने तयारी गरेका छन् । त्यसमा सबैभन्दा पहिलो नम्बरमा वनमन्त्री शक्तिबहादुर बस्नेत रहेको बुझिएको छ । ‘प्रचण्ड कमरेडसँग प्रधानमन्त्री ओलीले वनमन्त्री बस्नेत र खानेपानी मन्त्री विना मगरलाई पनि फेर्ने कि भन्ने सल्लाह गर्नुभएको छ,’ ती नेताले भने, ‘बस्नेतको सन्दर्भमा प्रचण्ड कमरेड सकारात्मक देखिए पनि विना मगरलाई हटाउन नहुने कुरा उहाँले राख्नु भएको छ ।’

वनमन्त्री बस्नेतबाट काम हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई कुरा राखेपछि यो मन्त्रालयले फेरि पनि पूर्वमाओवादीलाई नै दिने तयारी रहेको बुझिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा