नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत डोटीका सबै स्थानीयतहका वडाहरूमा आज अधिवेशन शुरु हुँदै
एकेन्द्र चन्द डोटी, भदौ
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत डोटीका नौ वटै स्थानियमा आज वडा अधिवेशन हुँदै छ अधिबेशनका लागि नेता र क्रियाशील सदस्यहरू आ–आफ्नो वडामा पुगिसकेका छन् ।
जिल्लाका दिपायल सिलगढि नगरपालिका, शिखर नगरपालिका, जोरायल गाउँपालिका, बडिकेदार, बोगटान फुडसिल, के आइ सिह, आदर्श, पुर्बिचौकी सायल गाउँपालिकाका ६५ वटै वडामा वडा अधिबेशन हुँदै छ । अधिबेशनको लागि पुर्बमन्त्री वीर बहादुर बलायर लगायतका नेताहरु जिल्लामा पुगिसकेका छ्न । शुक्रबार ५६ जिल्लाका ८० प्रतिशत वडाहरूमा अधिवेशन हुनेछ । शुक्रबार अधिवेशन हुन नसक्ने वडामा भदौ २६ गतेभित्र भइसक्नेछ ।
काग्रेसले प्रदेश २ का विवाद रहेका ८ वटा जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यको नामावली पनि सार्वजनिक भएको छैन ।मोरङ, काठमाडौं, काभ्रे, रसुवा, सिन्धुपाल्चोक, बाँके, बर्दिया, डोल्पा, सुर्खेत, बाजुरा, डडेल्धुरा, कैलालीको क्रियाशील सदस्यताको विवाद मिलेको छैन ।
नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सैद्धान्तिक सहमति गरेर क्रियाशीलको समाधान भएको भन्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको कार्यान्वयन गर्ने गरी सम्बन्धित जिल्लाको प्राविधिक काममा ढिलाई भएको छ ।क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते ८ लाख ५२ हजार ७११ जनाको नामावली छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो ।कांग्रेसले गाउँ, नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका छ ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।
आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।