जिल्ला प्रहरी डोटीद्धारा चाडपर्व लक्षीत शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया
असोज ७, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीले चाडपर्व लक्षीत गरी शान्ति, सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम विहीबार पिपल्ला बजारमा सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले विशेष गरि दशैं(तिहारमा जिल्लाभित्र विभिन्न व्यक्तिहरुबाट अपराधिक क्रियाकलापहरु हुनसक्ने, सवारी दुर्घटना बढी हुनसक्ने, झैझगडा हुनसक्ने र विशेष गरि भारतबाट आउने मानिसहरू, यातायात व्यवसायी तथा होटल व्यवसायीहरुबाट ठगिने सम्भावना बढी भएको अभ्यास विगतका वर्षहरुमा पनि देखिएकोले यस वर्ष प्रहरीले समयमै सम्बन्धित सबैलाई जानकारी तथा सचेत गर्न गराउन अन्तरक्रिया गरिएको बताएका छन ।
प्रहरी कार्यालयले यात्रु तथा अन्य मानिसहरूलाई टेवा पुगोस भन्ने उद्धेश्यले जिल्लाका विभिन्न ठाउँहरुमा हेल्प डेस्क पनि स्थापना गरेको र हेल्प डेस्कबाट समस्यामा परेका जुनसुकै व्यक्तिहरुले आवश्यक सहयोग लिन पनि मल्लले आग्रह गरे । साथै उनले होटेल तथा यातायात व्यवसायीहरुलाई पनि बाहिरबाट आएका यात्रु तथा पाहुनाहरु आफ्नो गाउँघरतर्फ फर्किन आतुर भएका बेला तिनिहरुलाई ठग्ने भन्दा सहयोगको भावना देखाएर सुरक्षित साथ सम्बन्धित स्थानमा पुर्याईदिएर सहयोग गर्न र हाल प्रहरिले ल्याएको विशेष सुरक्षा योजना कार्यक्रमलाई पनि आ(आफ्नो ठाउँबाट सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले चाडपर्वका बेला हुनसक्ने ठगी, सम्भावित दुर्घटना, विभिन्न खालका अपराधिक गतिविधि एउटै प्रहरीले मात्र न्यूनीकरण गर्न नसक्ने भएकोले आ(आफ्नो ठाउँबाट सबैले असल नागरिकको पहिचान दिनेगरी सहयोग गर्नुपर्नेमा जोड दिईन् ।
साथै यातायात , होटेल व्यवसायीहरुले पनि क्षणिक दुइ(चार पैंसाको लोभमा नपरी सहयोगी भावना राखेर सचेत नागरिकको भुमिका र कर्तव्य पूरा गर्न समेत आग्रह गरिन ।
निमित्त प्र।जि।अ। जोशीले गाडी चालकहरुले मनोमानी भाडा असुल्ने परिपाटी तथा सम्भावना रहेको, होटल व्यवसायीहरुले पनि ग्राहकहरुलाई ठगी गर्ने सम्भावना यस्तै चाडपर्वको बेला हुनसक्ने भएकोले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला सबैले यस्तो समयमा झनै चासो र निगरानी बढाउनुपर्ने बताइन् ।
अन्तरक्रिया कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, जन प्रतिनिधि, होटल व्यवसायी, यातायात तथा व्यापार व्यवसायी, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।