डोटी कांग्रेसको पालिका अधिवेशन सम्पन्न : चार पालिकामा सर्वसम्मत, पाँच पालिकामा निर्वाचन

news doti
news doti
September 26, 3:57

डोटी– डोटीमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत जिल्लाका ९ वटै पालिकाको अधिवेशन सम्पन्न भएको हो ।

दुई नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटीका चार पालीकामा सर्वसम्मत कार्यसमिति चयन भएको कांग्रेस सचिव नारायण जोशीले बताए । उनका अनुसार पाँच पालिकामा भने निर्वाचन प्रणालीबाट कार्यसमिति चयन भएको हो ।

केआईसिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र पूर्वीचौकी गाउँपालिकामा सर्वसम्मत कार्य समिति चयन भएको हो ।

केआईसिंह गाउँपालिकामा अर्जुन बलायर, दिपायल सिलगढी नगरपालिकामा गणेश मलासी, आदर्श गाउँपालिकामा चन्द्र नाथ ओझा र पूर्वीचौकी गाउँपालिकामा बल बहादुर खड्काको नेतृत्वमा पालिका कार्यसमिति चयन गरिएको हो ।

जिल्लाको शिखर नगरपालिका, सायल गाउँपालिका, बडीकेदार गाउँपालीका, जोरायल गाउँपालिका र बोगटान फुड्सील गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको छ ।

शिखर नगरपालिकामा सभापति वाहेक अन्य कार्यसमिति सर्वसम्मत चयन भएको थियो । सभापतिमा हर्क बोगटी र दिर्घ बलायरका बीच चुनावी प्रतिस्पर्धा भएको थियो । बोगटी ९० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बलायरले ७५ मत प्राप्त गरेका थिए ।

बडीकेदार गाउँपालिकामा सभापती, उपसभापती र सचिवका बीच चुनावी प्रतिस्पर्धा भएको थियो । सभापतिमा करुणाकर जोशीले ४१ मत प्राप्त निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी विरेन्द्र कोटकेनीले ७५ मत प्राप्त गरेका थिए ।

त्यस्तै जोरायल गाउँपालिकामा सभापतीका लागि निर्वाचन भएको छ । मोहन मल्ल ५४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी नर बहादुर बोहराले ३६ मत प्राप्त गरेका थिए ।

सायल गाउँपालिकामा तेजराज ओझाको नेतृत्वमा पालिका कार्यसमिति चयन भएको छ । सभापति, उपसभापति र सचिवका लागि चुनावी प्रतिस्पर्धा भएको हो । ओझा ६५ मत प्राप्त गर्दै सभापतीमा चयन भएका हुन् भने उनका प्रतिद्वन्द्वी राम बहादुर बोगटीले २५ मत प्राप्त गरेका थिए ।

बोगटान फुड्सील गाउँपालिकामा आइतबार सभापतिका लागि चुनावी प्रतिस्पर्धा भएको छ । निर्वाचनबाट ७९ मत प्राप्त गर्दै खडक सिंह बोहरा सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी चक्र सिं केसीले ७ मत प्राप्त गरेका थिए ।

समग्र जिल्लामा शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदिप कुमार देउवाले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा