डोटीमा सर्पले डस्दा एकको मृत्यु

news doti
news doti
September 29, 12:30

डोटी, १३ असोज । डोटीमा सर्पले डस्दा पाँच वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ का पाँच वर्षीय हेमराज भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए ।

आइतबार साँझ घरको आँगनमा खेलिरहेको समयमा सर्पले डसेको थियो । सर्पको डसाइबाट गम्भीर भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गए राति ज्यान गएको प्रहरीले जनाएको छ । जिल्लामा गर्मी कायमै रहेका कारण सर्पदंशका घटना घटिरहेका जिल्ला अस्पतालले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा