डोटीमा जिल्ला प्रशासन अगाडी धर्ना

news
news
October 04, 3:53

डोटी : नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आज दशैभरीबाट सरकारलाई तिनबुँदे सहमति कार्यान्वयन गर्न भन्दै दवाव दिन विभिन्न कार्यक्रम गरेको छ । जस अन्तर्गत पार्टीले जिल्ला प्रशासन कार्यालय डोटी अघाडी धर्ना दिएको छ ।

२०७७ फागुन २१ गते तत्कालीन सरकारसँग पार्टीले तिनबुँदे सहमति गरेको थियो । सहमति भएको करिब सात महिना भईसक्दा पनि बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि धर्ना दिईएको नेपाल कम्युनिष्ट पार्टी डोटीले जनाएको छ ।

प्रधानमन्त्रि शेर बहादुर देउवाले जनमतसंग्रहको वातावरण तयारमा कुनै चासो नदेखाएको र त्यो विषयमा आफ्नो स्पष्ट धारणा पुष्टि गर्न पनि सरकारले नसकेको हुदा पार्टीले देशव्यापी रूपमा धर्ना कार्यक्रमको आयोजना गरेको डोटी जिल्ला सेक्रेटरी ध्रुव ओली बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा