डोटीमा ६६औँ प्रहरी दिवस मनाइयो

news
news
October 06, 10:20

जिल्ला प्रहरी कार्यालय डोटीले ६६ औँ नेपाल प्रहरी दिवस मनाएको छ ।  प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय डोटीले विभिन्न कार्यक्रम गरी आयोजना गरिएको हो ।

प्रहरी दिवसको अवसरमा सहिद प्रहरी स्तम्भमा माला तथा सलामी अर्पण गर्नुका साथै  दिवसको पूर्व सन्ध्यामा आयोजना गरेका ब्याडमिन्टन प्रतियोगिता, दौड प्रतियोगिताका खेलाडीलाई पुस्तकार वितरण गर्नुका साथै उत्कृष्ट काम गर्ने प्रहरीहरूलाई सम्मान समेत गरेका छ ।

नेपाल प्रहरीले निष्ठावान र कर्तव्यनिष्ठ भएर  काम गर्नु पर्ने डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी  किरण जोशीले बत्ताइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी जोशीले भनिन् ‘ प्रहरीले हालसम्म कायम राखेको उच्चछवी निरन्तर राख्नका लागी सबै प्रहरी अधिकारीले काम गर्न आवश्यक छ ।’

जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले नेपाल प्रहरीले संविधान प्रदत्त आम नागरिकको अधिकार र राष्ट्रका लागि नेपाल प्रहरी जिम्मेवार भएर लागिरहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा