प्रतिनिधि सभा बैठक : आज पनि एमालेकाे अवराेध

ss
ss
December 22, 2:01

काठमाण्डाै,७ पुष\  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले 'पक्षपूर्ण व्यवहार बन्द गर' भन्ने लगायतका नारा लगाउँदै आज बुधवार पनि प्रतिनिधि सभा बैठकमा अवराेध गरेकाे छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदले बेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधि सभा अवराेध गर्ने कामलाई निरन्तरता दिएको हो ।

यता सभामुख सापकोटाले सभालाई सुरु गराएर आफ्ना असहमति राख्न पटक–पटक आग्रह गरे पनि एमाले सांसदले त्यसको बेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैँ पार्टी फुटाउने षड्यन्त्रमा लागेका भन्दै संसद बैठकमा अवराेध गर्दै आएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा