कञ्चनपुरमा झण्डै एक लाखको अवैध सामान बरामद

news
news
January 04, 11:01

धनगढी,२० पुष / कञ्चनपुरमा प्रहरीले झण्डै एक लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका(१० पशुपति टोलबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याइएको अन्दाजी ९७ हजार मूल्यको सामान पक्राउ गरेको प्रहरीले बताएको हो।

सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ति टोलीले रुम सफा गर्ने मेसिन, बिँडी, नरिवल, हार्डवेयर लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको बताइएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा