कञ्चनपुरमा सशस्त्र प्रहरीले पचास हजार रकम घुस लिई तस्कर छाडेको खुलासा 

एक
एक
January 04, 2:48

हरिलाल जोशी 
कञ्चनपुर २० पुस  /
कञ्चनपुरको पुनर्वासमा कार्यरत एक सशस्त्र प्रहरीका सइले पचास हजार घुस लिई तस्करलाई छाडेको खुलासा भएको छ ।
शनिबार साँझ भारतीय बजार बसहीबाट मोटरसाईकलमा ल्याउदै गरेको हार्डवेयरको सामान सहित पक्राउ परेका भारतीय तस्कर मुन्ना गुप्तालाई बिओपी आपतालका प्रमुख सई विरेन्द्र चन्दले पचास हजार घुस लिएर छोडेको खुलासा भएको हो ।

सई चन्दले घुस लिएपछि राती नै तस्कर र मोटरसाईकललाई छाडेको सशस्त्र प्रहरी भित्रकै एक श्रोतबाट खुल्न आएको छ ।चन्दले यति मात्रै हैन भारतीय बजार बसहीका कुखुरा तथा माछा व्यवसायीलाई पाँच लाख लगानी गरेर बिओपी आपतालको प्रमुखमा आएको र पहिलेको भन्दा राम्रो व्यवस्था हुनुपर्ने भन्दै भारतीय माछा व्यापारीसँग कुरा गरेको समेत खुलेको छ ।

शनिबार सामान नियन्त्रणमा लिएको विषयमा बुझ्न खोज्दा सई चन्दले फोन नै नउठाएर स्विच अफ गरेको बुझिएको छ । यस विषयमा सइ चन्दसँग सम्पर्क हुन नसके पछि पुनः कार्यालयकै सञ्चार शाखामा बुझ्दा सई चन्द बाहिर डियुटीमा रहेको बताए पनि उनी कार्यालय भित्रै रहेको बुझिएको छ । यस विषयमा पुनः आइतबार बुझ्न खोज्दा सइ चन्दले मालसामान नियन्त्रण गरेको तर तस्कर फरार हुँदा नियन्त्रण नगरेको दावी गरे ।
यसै विषयमा ३५ नम्बर गण शैलेश्वरीका सूचना अधिकारी डीएसपी प्रेमप्रसाद पाण्डेले मालसामान के र कति समातेको विषयमा आफुसँग अपडेट नभएको तर सञ्चारको जानकारी अनुसार नियन्त्रणमा लिएको मालसामान त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको बताए ।

अहिले पुनर्वासका भारतीय अवैध सीमानाकाहरुमा तस्करीले व्यापक रुप लिएपनि नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा कुनै उल्लेख्य नियन्त्रण नभएको जनगुनासो सुनिदै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा