कञ्चनपुरको भीमदत्त–१६ को वडा कार्यालय भवन उद्घाटन

ss
ss
January 05, 11:44

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन्।

नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजनासहित संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको छ। सोही योजना अन्र्तगत वडा कार्यायल भवन निर्माण गरिएको हो। वडा कार्यालय भवन उद्घाटन गर्दै नगर प्रमुख विष्टले सबै वडामा पूर्वाधार निर्माण गरी सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ कार्यालय भवन निर्माण गरिएको बताए।

उनले कार्यालय भवन निर्माणले वडाको सेवालाई सहज हुने र सामुदायिक भवनको रुपमा पनि भवनलाई प्रयोग गर्न सकिने बताए । ‘वडा कार्यालय भवनलाई कार्यालयको सेवामा मात्रै सिमित नराखी यसलाई बहुउद्देश्यीय भवनको रुपमा प्रयोग गर्न सकिने गरी निर्माण गरेका छौँ,’ उनले भने ‘कार्यालय सेवासँगै विभिन्न तालिम, बैठक, गोष्ठी आयोजना र अन्य सामाजिक कामका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ, यसको प्रत्यक्ष लाभ आम वडावासीले पाउनुहुन्छ।’

नगरपालिकाले उपलब्ध श्रोत साधनको परिचालन गरी प्रतिफल र उत्पादनमुखीे नीति लिएको उनको भनाई छ। साथै वडा नम्बर १६ मा प्रसुती सेवा र कृषि तथा पशु सेवा पनि सञ्चालन गरिएको बताउँदै नगर प्रमुख विष्टले १६ नम्बर वडामा विविध सम्भावना रहेकाले समृद्ध नगर निर्माणमा वडाको महत्वपूर्ण भुमिका रहेको बताए। साथै सोही वडामा लामो समयदेखि बन्द मझगाँउ विमानस्थल सञ्चालनका लागि चाँडै नै निर्माण कार्यको तयारी भईरहेको समेत उनले बताए।

भीमदत्त नगरपालिकाको महत्वपूर्ण लगानी साझेदारीमा निर्माण हुन लागेको मझगाउँ विमानस्थल यहि पुस २८ गते शिलान्यास हुने कार्यक्रम रहेको छ। त्यस्तै भीमदत्त–१६ का अध्यक्ष सुरेन्द्र विष्टले आफ्नै वडा कार्यालय भवनबाट जनतालाई सहज रुपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताए। उनले भवन निर्माण भएपछि वडावासीलाई सेवा दिन सहज हुने बताए।

कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी राजेन्द्रबहादुर चन्दले नगरपालिकाले विकासप्रेमी नेतृत्व पाएको बताउँदै पालिकाले विकास निर्माण कार्यमा गति लिएको बताए। उनले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि भीमदत्तले गरेको लगानी साझेदारीका लागि नगरपालिकालाई धन्यवाद समेत दिए। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा