आर्थिक लेनदेनको आरोपपछि सशस्त्र प्रहरीका सई मुख्यालय तानिए

news
news
January 05, 12:17

धनगढी २१ पुस  / कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि सशस्त्र प्रहरीका एकजना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दको जिम्मेवारी खोसेर अनुुसन्धान सुरु गरिएको छ ।

पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपीका प्रमुख चन्दलाई अनुुसन्धानको दायरामा ल्याइएको हो ।
चन्दमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको जिम्मेवारीबाट हटाएर उनीमाथि छानबिन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुुख्यालय कैलालीले जनाएको छ ।

वैद्यनाथ बाहिनी मुुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)दुर्गाप्रसाद भट्टराईले चन्दमाथि लागेको आरोपबारे छानविन गर्न उनलाई मुुख्यालय झिकाइएको  बताए ।

‘उहाँमाथि आरोप लागिसकेपछि खास कुरा के रहेछ रु भनेर छानबिन गर्नका लागि हामीले यहाँ ल्याएका छौँ,’ डीआईजी भट्टराइले  भने, ‘हामीले आन्तरिक रुपमा छानविन गरिरहेका छौँ । उहाँको ठाउँमा अर्को मान्छे पठाउँदैछौँ ।’

सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी मुुख्यालयका अनुसार चन्द प्रमुख रहेको बीओपीको टोलीले हालै एक भारतीय नागरिकले तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा हार्डवेयर लगायतका समान बरामद गरेको थियो । तर चन्दले ती व्यक्तिबाट कम्तीमा केही रकम असुुलेर छाडेको आरोप लागेको छ ।

यद्यपि सई चन्दले उक्त आरोपमा सत्यता नरहेको दाबी गरिरहेका छन् । ‘हामीले भारतीय नागरिकबाट समान बरामद गरेको कुरा साँचो हो,’ चन्दले  भने, ‘तर मानिस पक्राउ गर्न सकेनौं । बरामद गरेको सामान भन्सार कार्यालयमा बुुझाइसकेका छौं ।’

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा