कस्मेटिक चिजमा लगानी लगाउनु भन्दा शिक्षा र स्वास्थ्यमा लगानी लगाऔँ: गोपाल हमाल
धनगढी । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाले कुनै कुरालाई सुन्दर बनाउन लगानी लगाउनु भन्दा शिक्षा र स्वास्थ्यमा लगानी लगाउन जरुरी रहेको बताएका छन् । आज धनगढीमा नेपाल गणित समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै हमाले शिक्षा र स्वास्थ्यमा लगानी लगाउन अति आवश्यक भएको बताएका हुन ।
उनले भने “कुनै मानिस स्वस्थ र शिक्षित छ भने उसले आफ्नो पेट पाल्न आफै काम गर्न सक्छ । उसका लागि कसैले काम गरिदिनु पर्दैन । सबै मानिस स्वस्थ र शिक्षित बने देश आफै सुन्दर बन्छ । त्यसैले कस्मेटिक चिजमा लगानी लगाउनु भन्दा शिक्षा र स्वास्थ्यमा लगानी लगाउन जरुरी छ ।” उनले निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा लगानी बढाए आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूले बिचैमा पढाइ छोड्नु पर्ने बाध्यता कम हुने बताए ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका प्रोफेसर डा. चेत राज भट्टले गणित विषय विज्ञानको एउटा भाषा भएको बताए । उनले गणितलाई धेरैले गर्नै नसकिने र सिक्नै नसकिने विषय भन्ने गरेको तर त्यसो नभएको बताएका छन् । उनले भने “हामीले गणित एउटा विज्ञानको भाषा हो र हामीले यो भाषालाई सजिलै सँग बुझ्न सक्छौ भन्ने सोच राख्न जरुरी छ । जबसम्म आफूमा यो सोच राख्दैनौ तवसम्म् गणितलाई बुझ्न सक्दैनौ ।”
गणित विषय आफैमा गारो नभएको तर हामीले पढ्ने र पढाउने तरिकाले यो विषय गारो बन्न पुगेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंहले बताए । मानव जीवनको अभिन्न अङ्ग बनिसकेको गणितको प्रयोग हाम्रो घर देखि विज्ञानका ठुलठुला आविष्कार सम्म हुने भएकाले यस बिना अबको मानव जीवन कल्पना पनि गर्न नसकिने बताए ।
नेपाल गणित समाजले देशभरिका विद्यार्थीहरूले गणितमा ल्याइको नतिजा सन्तोष जनक नभएकाले अव यो समस्यालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने भन्ने उद्देश्यका साथ यो कार्यक्रममा आयोजना गरेका गरेको हो ।
जसको उद्ध्घाटनमा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंह, धनगढी उपमहानगरका मेयर गोपाल हमाल विशिष्ट अतिथि, नेपाल गणित समाजका निवर्तमान सभापति तथा सल्लाहकार प्रोफेसर डा।चेतराज भट्ट, सुदूरपश्चिम प्रदेशका सभापति रघुवीर भट्ट लगायत ६० जना भन्दा बढीको उपस्थिति रहेको थियो