राजनीति
December 23, 1:45
धनगढी,८ पुष \ नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका १७ जना विजयी भएका छन्। सुदूरपश्चिमबाट महाधिवेशन प्रतिनिधि रहेका नेताहरु केन्द्रीय सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा विजयी भएका हुन्।
सभापतिमा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि रहेका शेरबहादुर देउवा र सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएक छन्। डडेल्धुराबाट सभापतिसहित तीन जना, बाजुराबाट एक सहमहामन्त्री, कैलालीका… विस्तृतमा
December 22, 6:40
धनगढी, ७ पुस / नेकपा एमालेका सचिब लेखराज भट्टले संघिय संसदका सभामुख सभामुख जस्ता नभएको आरोप लगाएका छन । गेटा बिमानस्थमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । संसद मा एमाले गरिरहेको बिरोधको बारेमा पत्रकारहरु सोधेको प्रश्नको उत्तर दिँदै उनले परमादेशबाट आएको सरकारले अहिलेको गतिरोध रोक्न नसक्ने बताए ।
‘सभामुख सभामुख भएका छैनन, उनी पार्टीका दुत भएर आएका छन,’… विस्तृतमा
December 22, 5:40
धनगढी,७ पुष / राप्रपा नेपालका धनगढी उपमहानगरपालिका वडा नम्बर का २ सक्रिय सदस्य कृष्ण बहादुर भण्डारी लगायतका अन्य केही सक्रिय सदस्यहरुले बुधबार जनता समाजबादी नेपालमा प्रवेश गरेका छन ।
जनता समाजबादी नेपालले धनगढीको आफ्नै पार्टी कार्यालयमा नगर अध्यक्ष हेमराज पन्त र केन्द्रिय सदस्य मिनराज बडुको नेतृत्वमा करिब २ सय जनाले बिभिन्न पार्टी परीत्यग गरी जनता समाजवादी नेपालमा पार्टी प्रवेश गराएका… विस्तृतमा
December 22, 3:24
धनगढी,७ पुष \ नेकपा माओवादी केन्द्रको राष्टिय सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोटमा परेका छन्। यही पुष ११ गतेदेखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। बुधबारसम्म सो पार्टीका १०२ जना प्रतिनिधिको नाम टुंगिएको सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।
अहिलेसम्म प्रदेश सम्मेलनबाट निर्वाचित ८४, राष्ट्रिय सम्मेलन आयोजक कमिटीका केन्द्रीय सदस्य १३ र केन्द्रीय… विस्तृतमा
December 22, 2:06
काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले उहाँको सम्मानमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गर्नुभयो । आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा… विस्तृतमा
December 21, 9:57
काठमाडाैं- कांग्रेस केन्द्रीय सदस्यमा सुशिला मिश्र भट्ट निर्वाचित भएकी छन् । भट्ट धनगढी उप-महानगरपालिकाकी उप – मेयर हुन् ।
जम्मा ४६७७ मत खसेकोमा उनले २४२२ मत पाइन् । ३१ मत बदर भएको थियो ।
उनी सुदूरपश्चिम महिला तर्फबाट निर्वाचित भएकी हुन् ।
December 19, 9:28
काठमाडौं ,४ पुस / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार खुला ३५ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।
खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमा १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् भने १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।
केन्द्रीय सदस्यमा… विस्तृतमा
December 17, 1:02
धनगढी, २ पुस / नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको यात्रा आरम्भ भएका बताएका छन् । आफ्नो जितलाई रुपान्तरणको संज्ञा दिँदै शर्माले भनेका छन्, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले शुरुवात गर्ने यात्राको आरम्भ हो ।’
शर्माले दिएको उम्मेदवारीको पृष्ठभूमिले पनि उनको जित व्यक्ति र… विस्तृतमा
December 16, 3:28
काठमाडौं,१ पुस / नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् । जितपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली… विस्तृतमा
December 16, 3:24
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।
December 16, 2:48
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा ४०९० मत गन्दा उनले २६४४ मत पाएका छन् । ४६७९ मत खसेकामा अब करिब ६ सय मत गन्न बाँकी छ । तर गगनले अरु उम्मेदवारले भन्दा ९०० बढी मत पाइसकेका छन् ।
दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा. मिनेन्द्र रिजालले… विस्तृतमा
December 16, 1:23
काठमाडौं १ पुस / नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला समूहबाट उम्मेदवार बनेका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह समूहका विश्वप्रकाश शर्मा रहेका छन् ।
दोस्रो स्थानमा रहेका शर्माले तेस्रो र चौथौ स्थानमा रहेका शेरबहादुर देउवा समूहका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेलसँगको मतान्तर फराकिलो बनाएका छन् । शेखर कोइराला प्यानलबाट महामन्त्रीमा… विस्तृतमा
December 16, 11:53
काठमाडौं , १ पुस / नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत ल्याएका छन् भने विश्वप्रकाश शर्माले १८५ मत पाएका छन् । प्रदीप पौडेलले १७७, प्रकाशशरण महतले १६३, मिनेन्द्र रिजालले ८६ र डाक्टर राजाराम कार्कीले १२ मत पाएका छन् ।
December 16, 11:07
काठमाडौं ,१ पुस / नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउनु चार महिनाअघि डा। शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला एकैठाउँ भेला भएर ‘लञ्च मिटिङ’ गरे । तत्कालीन रामचन्द्र पौडेल समूहमा सभापतिका आकांक्षी धेरै भएका बेला केन्द्रीय कमिटीमा रहेका तीन कोइरालाले महामन्त्री शशांकको महाराजगञ्जस्थित निवासमा भेला भएर आफूहरु एकजुट रहेको सन्देश दिन खोजेका थिए ।
नेतात्रयले कांग्रेसमा कोइराला परिवारको… विस्तृतमा
December 16, 10:57
काठमाडौँ ,१ पुस / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिए ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री… विस्तृतमा