राजनीति
December 16, 10:40
काँग्रेसको आन्तरिक प्रतिस्पर्धा हो । अबिर जात्रा, विजय ¥याली र नाराबाजी नगर्नुहोस् ।
काठमाडौँ, १ पुस / नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार… विस्तृतमा
December 15, 6:39
धनगढी,२९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) को धनगढी नगर पार्टी कार्यालय उद्घाटन भएको छ । पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य तथा संगठन शुद्धिकरण अभियान सुदूरपश्चिम संयोजक दुर्गा सोपले पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् । धनगढी वडा नम्बर २ को मिलनचोकमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
उद्घाटन गर्दै केन्द्रिय कार्यकारिणी सदस्य सोपले अब काग्रेंस कम्युनिस्टबाट देशमा सम्बृद्धी नआउने दावी… विस्तृतमा
December 15, 3:40
काठमाडौं , २९ मंसिर / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।
उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।
मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर… विस्तृतमा
December 15, 10:59
काठमाडौँ,२९ मंसिर / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्ह्बाट मत गणना सुरु गरिने सञ्चारकर्मीलाई जानकारी दिएका छन् । उनका अनुसार पदाधिकारीको मतगणना… विस्तृतमा
December 15, 8:37
धनगढी,२९ मंसिर नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।
४६२३ मतमध्ये २७२४ मत ल्याउँदै उनी निर्वाचित बनेका हुन् । अर्का प्रत्यासी शेखर कोइरालाले भने १८१७ मत ल्याए । बुधबार बिहान सम्पन्न मतगणनाबाट देउवा ९०७… विस्तृतमा
December 14, 9:49
धनगढी२८ मंसिर / नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र सदस्य चयनमा सहमति जुट्न नसक्दा बन्द सत्र अनिश्चित बनेको छ । आइतबार देखि प्रदेशको अस्थायी राजधानी धनगढीमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि छलफल चलिरहे पनि सहमति जुट्न सकेको छैन ।
सोमबार साँझ ८ बजे बन्द सत्रमा पेश भएका ११ वटा राजनीतिक प्रतिवेदनमाथिको सामूहिक छलफलपछि मंगलबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको थियो… विस्तृतमा
December 14, 4:41
काठमाडौं ,२८ मंसिर/ नेपाली कांग्रेसको सभापति पदका लागि लड्दै गर्दा डा. शेखर कोइरालाको एक मात्र रणनीति थियो– शेरबहादुर देउवालाई पहिलो चरणमा रोक्ने । सभापतिका अरु उम्मेदवारको पनि एजेण्डा नेतृत्व परिर्वतन भएकाले दोस्रो चरणमा उनीहरुको साथ लिएर देउवालाई हराउन सकिने उनको बुझाइ थियो ।
शेखर त्यसमा सफल देखिए । कृष्णप्रसाद सिटौलाको समूहले समर्थन गर्दा पनि देउवाले पहिलो चरणमा बहुमत जुटाउन सकेनन् । सभापतिमा… विस्तृतमा
December 14, 4:17
काठमाण्डौं, २८ मंसिर / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजे शुरु भएको छ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् ।
राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । नेपाल ल क्याम्पस अगाडिबाट प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र भित्र प्रवेश दिएको छ ।… विस्तृतमा
December 14, 3:27
काठमाण्डौं, २८ मंसिर / पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि तनावमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहानैदेखि दौडधूपमा थिए। पहिलो चरणको मतपरिणाम आफ्नो पक्षमा नआउने बुझेपछि मंगलबार सबेरै बिहान आफ्ना केही विश्वासपात्रलाई परिचालित गरिसकेका थिए।
परिचालित ती विश्वासपात्रमध्ये दुई थिए गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर। उनीहरुको काम थियो… विस्तृतमा
December 14, 2:35
काठमाडौं, २८ मंसिर / नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा। शेखर कोइरालाले विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई अपील गरेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदान साढे ३ बजे शुरु हुनेछ । त्यसपछि आफ्नो प्यानलका सबै उम्मेदवारलाई राखेर पत्रकार सम्मेलन गरेका डा। कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा… विस्तृतमा
December 14, 2:27
काठमाडौं , २८ मंसिर / नेकपा एमालेले मंगलबार शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।
एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् । मंगलबारको… विस्तृतमा
December 14, 1:50
काठमाडौं , २८ मंसिर / हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिपाठीले आफू संयोजक रहेको जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।
त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह सञ्चालन गर्दै आएका थिए । गत निर्वाचनमा एमालेको चुनाव चिन्ह सुर्य लिएर त्रिपाठीले प्रतिनिधिसभा र उनको समूहका वृजेश… विस्तृतमा
December 14, 1:20
काठमाडौं, २८ मंसिर/ सभापतिको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।
December 13, 4:46
काठमाडौँ ,२७ मंसिर / नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको हो । प्रतिनिधिहरुले मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।भृकुटीमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म ८सयभन्दा बढी मत खसेको… विस्तृतमा
December 13, 4:32
काठमाडौं २७ मंसिर/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका छन् ।भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी १४ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयनका लागि सोमबार करिब साढे ११ बजे मतदान शुरु भएको थियो । देशभर र प्रवासबाट आएकासमेत गरी ४७२३ जना महाधिवेशन… विस्तृतमा