राजनीति
December 13, 4:00
धनगढी,२७ मंसिर / - एमाले नेता भीम रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र गुटबन्दी तीब्र भएको बताएका छन्। एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर रावलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।’
उनले ओलीको कदम देश र जनताप्रति… विस्तृतमा
December 13, 2:10
काठमाडौँ २७ मंसिर / नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ ।पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्याशी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा। रामशरण महत, सुनिलबहादुर थापा,… विस्तृतमा
December 13, 1:31
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् ।
उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् ।
सभापतिका उम्मेदवारहरु डा। शेखर… विस्तृतमा
December 13, 11:53
काठमाडौं , २७ मंसिर / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।
मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत… विस्तृतमा
December 13, 10:32
२७ मंसिर, काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु हुँदै छ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।
भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ ।
महाधिवेशनस्थल… विस्तृतमा
December 12, 5:18
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । मतदानको अघिल्लो दिन आइतबार आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता कब्जा गर्ने प्रयासमा रहेकाले… विस्तृतमा
December 12, 5:14
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ महाधिवेशन अन्तर्गत सोमबार हुने मतदानका लागि शेरबहादुर देउवाको प्यानललाई भोट मागेका छन् ।
मतदानको अघिल्लो दिन आयोजित कार्यक्रममा सिटौलाले सडकमा बसेर आफूले देउवालाई समर्थन गर्ने बताए । देउवाको टीममा परिपक्कदेखि युवा टिम रहेको भन्दै उनले भने, शेरबहादुर देउवालाई सभापतिमा किन निरन्तरता नदिने ? के बिग्रिएको छ ?’
अनेक विवादका बीच… विस्तृतमा
December 12, 4:43
२६ मंसिर, काठमाडौं । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।
जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको… विस्तृतमा
December 12, 2:48
काठमाण्डौ २६ मंसिर/ नेपाली काँग्रेस १४ औ महाअधिवेशन अन्तरगत सोमबार (भोली) हुने निर्वाचनाका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको मिडिया सेन्टरका संयोजक डा।सुरेश आचार्यले जानकारी दिए ।
राष्ट्रिय सभा गृहमा पार्टी केन्द्रीय समिति, जनसम्पर्क समिति, भातृ शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश… विस्तृतमा
December 12, 1:50
काठमाडौँ,२६ मंसिर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् । आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन् ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ,… विस्तृतमा
December 12, 1:35
काठमाडौँ,२६ मंसिर । नेपाली काँग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयावधिमा ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए ।
उनका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने सहमहामन्त्री ९थारु… विस्तृतमा
December 12, 8:45
काठमाडौँ,२६ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएको छ ।हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै… विस्तृतमा
December 11, 5:45
धनगढी,२५ मंसिर / नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा धनगढी उप(महानगरपालिकाका मेयर नृप बहादुर वडले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । मेयर वडले काँग्रेस केन्द्रीय सदस्य ९दलित समावेशी० पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
देशकै उत्कृष्ट नगरपालीकाको उपाधि पाएका मेयर वडले राष्ट्रिय सभा गृहमा पुगेर केन्द्रीय सदस्य दलित समावेशीमा मनोनयन दर्ता गराएका हुन्। उनको मनोनय पत्रमा नेपाली काँग्रेसका… विस्तृतमा
December 11, 5:25
धनगढी, २५ मंसिर/ नेपाली जनप्रगतिशील मन्च युएईको युवा संयोजकमा राजेन्द्र रोस्यारा सर्वसम्त चयन भएका छन । नेपाली जनप्रगतिशील मन्च युएईको ५ औं राष्ट्रिय अधिवेशनले रोस्यारालाई यूवा संयोजकमा चयन गरेको हो ।
यस्तै अधिवेसनले बाबुराम विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीयनयाँ राष्ट्रिय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मिलन गुरुङ, टेकनाथ मिश्र, कुल बहादुर आचार्य, सुदीप कार्की, प्रतिक्षा लामा रहेका… विस्तृतमा
December 11, 3:39
धनगढी,२५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनढीमा माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु भएको हो ।
सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गरेका हुन् ।सम्मेलनमा प्रदेशका औं वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलन भोलिसम्म चल्ने… विस्तृतमा