राजनीति
December 11, 2:22
धनगढी,२५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनढीमा माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु भएको हो ।
सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गरेका हुन् ।सम्मेलनमा प्रदेशका औं वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलन भोलिसम्म चल्ने… विस्तृतमा
December 11, 12:46
काठमाडौँ,२५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनमा उम्मदवारी नदिने भएका छन्। शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेका हुन्।
आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन्। उनका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भए पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेका… विस्तृतमा
December 10, 4:44
काठमाण्डौ, २४ मंसिर । नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल कांग्रेसको १४ औँ महाधिवेशनमा भृकुटीमण्डपमा प्रतिनिधिसँग भोट माग्नमै व्यस्त छन् ।
संस्कार, विचार, आदर्श र अनुभव बोकेको रुपान्तरित नेपाली कांग्रेस नामक पुस्तिकासहित मतदातामाझ भेटघाट गरिरहेका छन् ।
कांग्रेशको महाअधिवेशनमा केन्द्रीय सदस्य (प्रदेश) पदको उम्मेदवारी घोषणा गरेसँगै उनी प्रचारप्रसारमा… विस्तृतमा
December 09, 1:16
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतीमा नेतृत्व चयन गर्ने बताएका छन्।
प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारे। पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व… विस्तृतमा
December 05, 5:19
डोटी, १९ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ति पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । दिपायल सिलगढी र शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल र बडिकेदार गाउँपालिकामा कमिटी गठन गरिएको छ ।… विस्तृतमा
December 05, 4:06
कैलाली/ नेपाली कांग्रेस सुदूरपश्चिमका नवनिर्वाचित प्रथम सभापति वीरबहादुर बलायरले प्रदेशमा पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्धता गरेका छन ।
संस्थापन पक्षबाट चुनाव लडेका नेता बलायरले प्रदेशमा पार्टीलाई गुटरहित बनाएर विकास र समृद्धि केन्द्रित बनाउने बताए । उनले आगामी चुनावमा अब्बल आउन अहिलेदेखि नै पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको पनि बताएका छन ।
आइतबार सार्वजनिक मतपरिणाम अनुसार… विस्तृतमा
December 05, 1:29
डोटी – वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सुदूरपश्चिम प्रदेशको प्रथम सभापतिमा अत्याधिक मतका साथ विजयी भएका छन् ।
नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिवेशनबाट सभापतिमा संस्थापन पक्ष (देउवा) का बलायर विजयी भएका छन्। बलायरले निकटतम प्रतिद्वन्द्वी पौडेल र कोइराला पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मत अन्तरले पराजित गर्दै… विस्तृतमा
December 05, 12:12
धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा बैतडीका जयन्त चन्द, डडेल्धुराका गोबिन्द खडायत, डोटीका प्रेम बलायर, कञ्चनपुरका पूर्णबहादुर चन्द, तिर्थराज चटौत, हिक्मतसिंह भण्डारी, नन्दादेवी जोशी र बशन्ती शाही केन्द्रीय सदस्य निर्वाचित भएको सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले बताए।
December 05, 11:24
धनगढी, १९ मंसिर । काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्। ९७ मतगणना गर्न बाँकी भए पनि बलायर फराकिलो मतान्तरले विजयी भएका हुन्। ९ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३७९ पुगेको छ।
बलायरले ६३९ मत र इतर पक्षका मिश्रले २५० मत पाएका छन्। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी,… विस्तृतमा
December 05, 11:14
धनगढी स् नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको जित निश्चित देखिएको छ। गन्न बाँकी मत जोड्दासमेत पौडेल पक्षका नारायणदत्त मिश्र पछाडि भएपछि बलायरको जित सुनिश्चित भएको हो।
सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक छ। ८ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३२४ पुगेको… विस्तृतमा
December 05, 8:53
धनगढी,१८ मंसिररनेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना अहिले बिहान ‘टि–ब्रेक’ भएको छ रातभर गतगणना संथापन पक्षका उम्मेदबारको अग्रता कायमै रहेको छ । पछिल्लो ७०६ मतगणना गर्दा बिरबहादुर प्यानलको अग्रता कायमै रहेको छ । सभापतिमा बिरबहादुर वलायर २७८ मतअन्तरले आग्रता कायमै रहेको छ ।
नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेस पदाधिकारी मत परिणाम १००३ मतगणना ७०६
सभापति स् बिरबहादुर बलायर ४८१… विस्तृतमा
December 05, 3:15
धनगढी, १९ मंसिर
नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको निर्वाचनमा राति साढे २ बजेसम्मको मत परिणाम अनुसार २ सय मत गणना गर्दा संस्थापन पक्षका (देउवा) वीरबहादुर बलायरको १४० मत र इतर पक्षका नारायणदत्त मिश्रको ५७ मत रहेको छ भने ३ मत बदर भएको छ ।
उप-सभापति गोपाल सिं गुरुङ ५७ जनकराज चौधरी १२६ मन बहादुर रावल४७ लोगराज अबस्थि १२० हिम बहादुर रावल१९ महामन्त्री नरनारायण शाह मनु १३१ प्रताप… विस्तृतमा
December 05, 2:08
धनगढी, १९ मंसिर
नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको निर्वाचनमा राति साढे १ बजेसम्मको मत परिणाम अनुसार एक सय १ मत गणना गर्दा संस्थापन पक्षका (देउवा) वीरबहादुर बलायरको ७० मत र इतर पक्षका नारायणदत्त मिश्रको ३० मत रहेको छ भने एक मत बदर भएको छ ।
December 05, 1:43
मोहन पनेरु /धनगढी, १९ मंसिर
नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको निर्वाचनपश्चात शनिबार राति ९ बजेदेखि मतगणना हुने भनिएपनि दोस्रो दिन बिहान १ बजेपछि मात्रै मतगणना गरिन थालिएको सूचना प्राप्त भएको छ । सूचना अनुसार रातिको समयमा पत्रकारलाई प्रवेश निषेध गरिए पछि भएको विवादपश्चात् बिहान १ बजेको समयमा पत्रकारलाई खोज्दै नेपाली कांग्रेसको पार्टी कार्यालयको माथिल्लो तलाबाट गुहारेका छन् । … विस्तृतमा
December 05, 12:56
मोहन पनेरु/धनगढी, १९ मंसिर
नेपाली काग्रेसको प्रथम सुदूरपश्चिम अधिवेशनको निर्वाचनको मत गणना स्थल काग्रेस पार्टी कार्यालयमा पत्रकारहरुलाई समाचार संकलनमा बन्देज गरिएको छ ।
निर्वाचन अधिकृत वीरबहादुर जेठाराका अनुसार अहिले मत गणना हुन सकेको छैन । राति ९ बजे हुने भनिएको मत गणना मध्यराति १ बजे सम्म पनि हुन सकेको छैन । हामीले मतगणनामा प्रतिनिधिसमेत पठाउन सकेका छैनौ तर पनि मतदान अधिकृत वीरबहादुर जेठराले… विस्तृतमा