सुदूरपश्चिममा बलायरको जित निश्चित

news
news
December 05, 11:14

धनगढी स् नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको जित निश्चित देखिएको छ। गन्न बाँकी मत जोड्दासमेत पौडेल पक्षका नारायणदत्त मिश्र पछाडि भएपछि बलायरको जित सुनिश्चित भएको हो।

सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै उनको प्यानल नै जित नजिक छ। ८ सय ६ मतगणना गर्दा देउवा पक्षबाट सभापतिका उम्मेदवार बलायर र पौडेल पक्षका नारायणदत्त मिश्रबीचको मतान्तर ३२४ पुगेको मतगणनास्थलबाट पत्रकार प्रकाश बमले जानकारी दिए। अब १९७ मत मात्रै गणना गर्न बाँकी छ।

बलायरको ५५३ मत र इतर पक्षका मिश्रको २२९ मत रहेको छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह(महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।

जम्मा खसेको मत १००३
मतगणना  ८०६

सभापति 
वीरबहादुर बलायर ५५३
नारायणदत्त मिश्र २२९ 
उपसभापति 
गोपालसिंह गुरुङ २२९
जनकराज चौधरी ४८६
मानबहादुर रावल २१८
लोकराज अवस्थी ४२७
हिमबहादुर रावल ९२
महामन्त्री 
नरनारायण शाह मनु ५११
प्रताप गुर्धामी १७८
मेघराज खड्का ५१९
रामबहादुर शाही २५६
सहमहामन्त्री 
गोपाल दत्त भट्ट ४२९
चिन्तामणि भट्ट ४२९
नरेन्द्र प्रसाद भट्ट १७९
पदम राज पन्त २०६
लक्ष्मण बहादुर शाही १२३
हर्क बहादुर स्वार ५८
सहमहामन्त्री (महिला)
अम्बिका कुमारी चलाउने ५५४
खिना भण्डारी १८०
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा