कैलालीमा आगलागीबाट गाईगोठ र पोल्ट्री फर्म जलेर नष्ट

Fire
Fire
May 25, 7:23

धनगढी, १२ जेठ – कैलालीको कैलारी गाउँपालिका ८ दक्षिणटेढीस्थित एक गाईगोठसहित पोल्ट्री फर्म जलेर नष्ट भएको छ ।
स्थानीय टेकबहादुर साउँदको चन्द्र कृषि फर्मभित्र रहेको गाईगोठ र पोल्ट्री फर्म सोमवार जलेर पूर्ण रुपमा नष्ट भएको हो ।
प्रहरीका अनुसार घरमा बच्चाहरुले गाईको लागि कुँडो पकाउने बेला दिउँसो करिब ११÷१२ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट गाईगोठ र भर्खरै फर्ममा हालेका २ हजार ब्रोइलर कुखुराका चल्ला सहित फर्म पूर्णरुपले जलेर क्षति भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज नारदसिंह धामीले जानकारी दिए ।

आगलागीलाई दक्षिण टेँढी, लोहरपुर, बेनौली लगायतका गाउँका स्थानीयहरु बोरिड्ड, कुलोको पानीबाट नियन्त्रणमा लिएको थिए ।
यसैबीच सो गाउँपालिकाको वडा नं ७ भुँइयाँफाँटाका स्थानीय चुल्हुराम चौधरीको घरमा रुख ढलेर उनको घरमा क्षति र उनको श्रीमतिको टाउकोमा चोट लागेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा