मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत

मुख्यमन्त्री शाह
मुख्यमन्त्री शाह
March 05, 5:55

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त भएको छ । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत माग्ने कार्यसूची रहेको थियो । उक्त कार्यसूची अनुसार मत माग्नुभएका शाहलाई ४१ मत प्राप्त भएको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा यस अघि एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि पदबाट राजीनामा गर्नुपरेको थियो । प्रदेश सभाको ठूलो दलको हैसियतले नेपाली काँग्रेस संसदीय दलका नेता शाहले मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आजको बैठकबाट उहाँले काँग्रेसका १९ सहित, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७, समाजवादीका ४ र एक स्वतन्त्र सांसदसहित ४१ जनाको मत प्राप्त गर्नुभएको हो । नेकपा एमालेका १० र राप्रपाका १ सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि २७ सांसद चाहिनेमा शाहले भने सुविधाजनक दुई तिहाइ बहुमत प्राप्त गर्नुभएको हो । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा
जिल्ला प्रशासन डोटीद्वारा अत्यावश्यकबाहेकका सबै सेवा…
डोटी - जिल्ला प्रशासन कार्यालय डोटीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको… विस्तृतमा