राजनीति
December 03, 8:33
धनगढी, मङ्सिर १७ – नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सदस्य पदमा कलाकार सुरत रावत डोटेली कान्छा ले खस आर्य कोटामा उम्मेदवारी दिएका छन् । काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत कैलालीको धनगढीमा आजबाट सुरु भएको सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले प्रदेश सदस्य खस आर्य पदमा उम्मेदवारी दिएका हुन् । उनी काँग्रेसको शुभेच्छुक सङ्गठन नेपाल सांस्कृतिक कलाकर्मी सङ्घका केन्द्रीय उपाध्यक्ष, भ्रातृ सङ्गठन नेपाल… विस्तृतमा
December 03, 5:31
कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन्। संस्थापन समूहका नेताहरूको छलफलपछि पूर्व मन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन्।
संस्थापन पक्षबाट उप सभापतिमा जनक चौधरी, लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का, सह महामन्त्रीमा गोपाल भट्ट सह महामन्त्रीमा अम्बिका चलाउने रहेका… विस्तृतमा
December 02, 7:20
धनगढी - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धनगढी उपमहानगरको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन् । माओवादी केन्द्र धनगढी उपमहानगरको खातीको अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन गरिएको हो।
यस्तै माओवादी केन्द्र धनगढी उपमहानगरको उपाध्यक्षमा क्रमशः ललित खत्री,मन्तोरा राना, दीपक रावल चयन भएका छन् । यस्तै सचिवमा रमेश प्रसाद भट्टराई, सह सचिव सुरेश सुनार र कोषाध्यक्षमा सूर्य शर्मा लगायत कमिटी… विस्तृतमा
December 02, 11:59
धनगढी, १६ मंसिर –
नेपाली काँग्रेसको १४ औं महाधिवशेनका शिलशिलामा आजदेखि सुदूरपश्चिम प्रदेशको पहिलो अधिवशेन आरम्भ हुदैछ ।
धनगढीमा हुने पहिलो अधिवेशनको दिउसो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको अधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ ।
उद्घाटन कार्यक्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.सशांक कोइराला लगायतका शिर्ष… विस्तृतमा
December 01, 7:47
काठमाडौँ –
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधवार नेपाल पर्वतारोहण सङ्घले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पिड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।
पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउन्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण… विस्तृतमा
November 30, 4:07
धनगढी - आसन्न नेपाली काङ्ग्रेस सुदूरपश्चिम महाधिवेशनमा नेता प्रेम ओझाको सह महामन्त्री पदका लागि उम्मेदवारी रहने भएको छ । अहिले प्रदेश महाधिवेशनको सरगर्मी बढेका बेला ओझा आफ्ना लागि सह–महामन्त्रीमा भोट माग्दै हिँडेका भेटिन्छन् । २०५२ सालमा कैलाली क्षेत्र न. ३ को ने. वि. सङ्घ क्षेत्रीय सभापति हुँदै, नेपाली काङ्ग्रेस कैलाली जिल्ला सदस्य, लगायत पार्टीका थुप्रै जिम्मेवारी निर्वाह गरिसकेका ओझाले आफ्नो… विस्तृतमा
November 27, 1:26
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
गृह जिल्ला डोटीमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले सुदूरपश्चिम प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।
'अब… विस्तृतमा
November 27, 11:53
११ मंसिर, काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशको बन्दसत्र सुरु हुँदैछ । शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र चितवनको पर्यटकीयस्थल सौराहमा सुरु हुन लागेको हो ।
अहिले बन्दसत्रस्थलमा प्रतिनिधिहरू उपस्थित भैरहेका छन् । बन्दसत्र सुरु हुनुपर्व अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू भने छलफलमा जुटेका छन् ।
नयाँ नेतृत्व चयन गर्दै बन्दसत्र सकिनेछ । नयाँ नेतृत्वका लागि आजै प्रकृया… विस्तृतमा
November 27, 10:35
कञ्चनपुर,११ मँसिर। नेपाली कांग्रेसको कञ्चनपुरको नयाँ नेतृत्व चयन लागि आज निर्वाचन भैरहेको छ। ५२ पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन।
एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र ४५ जना सदस्य गरी ५२ पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नवीन सिंह धामीले जानकारी दिए।
धामीका अनुसार सभापतिमा बहादुरसिंह थापा र पदम बोगटीले उम्मेदवारी दर्ता गराएका छन्।… विस्तृतमा
November 27, 8:35
११ मङ्सिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।
पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । शनिबार दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न… विस्तृतमा
November 25, 11:11
धनगढी र नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिका सबै छ जना दावेदार नै महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
सभापतिका लागि धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर वड, जिल्ला उपसभापति प्रकाशववहादुर वम, पूर्व उपसभापति नारायण भट्ट, खेमराज चौधरी, गणेश देउवा र युवानेता भीम वडुवाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन ।
वड, भट्ट र देउवा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन । यस्तै गरेर खेम… विस्तृतमा
November 25, 8:11
धनगढी,९ मंसिर / कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन् । वर्तमान सचिव पडाल क्षेत्रीय सभापतिमा विजयी भएका हुन्। उनले २९० मत पाए। सभापतिका ५ उम्मेदवारमध्ये पडालले सुरुवातदेखि नै अग्रता लिएका थिए।
यस्तै सन्तोष मुडभरीले ११३, हरिप्रसाद रेग्मीले ४७, इश्वरीप्रसाद जोशीले २३ र हिरासिंह पातलीले २१ मत पाए। यस्तै अन्य पदमा पनि पडालकै टीम विजयी भएको छ।
November 24, 8:57
धनगढी, ८ मङ्सिर - धनगढी उपमहानगरपालिकाका नगरप्रमुख तथा उपमहानगरका पार्टी सभापति नृप बहादुर वड नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मतले विजयी भएका छन् । नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर ५ कैलालीबाट महाधिवेशन प्रतिनिधिमा उनी सर्वाधिक मतले विजयी भएका हुन । खुला महाधिवेशन प्रतिनिधिमा छानिनुपर्ने १० जनामध्ये वडले सबैभन्दा बढी ३ सय ७७ मत प्राप्त… विस्तृतमा
November 24, 6:25
धनगढी । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ मा महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मंगलबार रातिदेखि गणना सुरु भएकोमा अहिले अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
जसमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत ३७७ सहित विजयी भएका छन् । मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु ३६२, क्षितिज भण्डारी ३४५,… विस्तृतमा
November 24, 6:14
डोटी – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत डोटी जिल्लामा भएको दोस्रो चरण मतदानमा नरेन्द्र बहादुर सिंहले जिल्ला सभापतिमा बिजयी भएका छन । जिल्ला कार्यसमिति र संघीय महाधिवेशन प्रतिनिधिका लागि भएको हो ।
जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको मतगणना सभापतिको गणना सकिए पछि गरिने छ। सभापतिका लागि नरेन्द्र बहादुर सिंह र भूमिराज बडुका बीच दोश्रो चरणमा मतदान भएको हो । पहिलो चरणमा… विस्तृतमा