नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सदस्यमा डोटेली कान्छाको उम्मेदवारी

Surat
Surat
December 03, 8:33

धनगढी, मङ्सिर १७ – नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सदस्य पदमा कलाकार सुरत रावत डोटेली कान्छा ले खस आर्य कोटामा उम्मेदवारी दिएका छन् । काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत कैलालीको धनगढीमा आजबाट सुरु भएको सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले प्रदेश सदस्य खस आर्य पदमा उम्मेदवारी दिएका हुन् । उनी काँग्रेसको शुभेच्छुक सङ्गठन नेपाल सांस्कृतिक कलाकर्मी सङ्घका केन्द्रीय उपाध्यक्ष, भ्रातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घका कैलाली अध्यक्षसमेत हुन् । 

  साथै रावत नेपाल सांस्कृतिक कलाकर्मी सङ्घ कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्गठन बिस्तारमा आफ्नो व्यक्तिगत खर्च गरी आफ्नो एकल प्रयास सङ्गठन निर्माण गर्ने  व्यक्ति हाल पार्टीको नेपाल सांस्कृतिक कलाकर्मी सङ्घका केन्द्रीय उपाध्यक्ष समेत हुन । 

पार्टीका हरेक विरोध सभाहरू देखि हरेक तहका पार्टीका नेता उम्मेदवार लाई आम निर्वाचनमा जिताउन सुदूरका अधिकांश जिल्लामा सङ्गीतका माध्यमले जिताउन प्रयत्न गरेका थिए ।

जन आन्दोलन २०६२÷६३ मा सक्रिय भूमिका निर्वाह गर्नुका साथै २०६४ देखि यताका हरेक निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन उल्लेख्य भूमिकामा निर्वाह गरेका छन् ।  उनले नेपाली काङ्ग्रेस स्वयं र पार्टीका विभिन्न भातृ शुभेच्छुक सङ्घले गरेका रचनात्मक र सङ्गठनात्मक रूपमा सक्रिय सहभागी रहेको छ । 

 

नेपाली काङ्ग्रेस स्वयं र पार्टीका विभिन्न भातृ शुभेच्छुक सङ्घले गरेका रचनात्मक र सङ्गठनात्मक रूपमा सक्रिय सहभागी जनाउने व्यक्ति ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा