कार्यकर्ता माझ थप लोकप्रिय बन्दै धनगढीका मेयर नृप वड, पार्टी सभापति भन्दा बढी मत पाए

Nirpa Oad
Nirpa Oad
November 24, 8:57

धनगढी, ८ मङ्सिर - धनगढी उपमहानगरपालिकाका नगरप्रमुख तथा उपमहानगरका पार्टी सभापति नृप बहादुर वड नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मतले विजयी भएका छन् । नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर ५ कैलालीबाट महाधिवेशन प्रतिनिधिमा उनी सर्वाधिक मतले विजयी भएका हुन । खुला महाधिवेशन प्रतिनिधिमा छानिनुपर्ने १० जनामध्ये वडले सबैभन्दा बढी ३ सय ७७ मत प्राप्त गरे ।

No description available.

जिल्लामा राम्रो छवि बनाएका नेता तथा काँग्रेस पार्टी सभापति नरनारायण शाह (मनु) भन्दा पनि उनको मत बढी छ । उनले वड भन्दा १५ मत कम प्राप्त गरे । तेस्रो भएका नेता क्षितिज भण्डारीले ३ सय ४ र प्रकाश देउवाले ३ सय ३ मत पाएका छन् । त्यस्तै डिल्लीराज पन्त २३५ , गणेश देउवा २२६, कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट २०६, उद्धव बहादुर विष्ट १९४ र हरिस खड्का १८७ मतसहित विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा प्रत्यक्ष महिलातर्फ निपा चोखाल २८७, डम्बरी महरा (रक्षा) २४३, पुष्पा भट्ट २१५ र रीता बम भण्डारी २२० मत ल्याएर विजयी भइन । समावेशी, अपाङ्ग र मधेसी तर्फ धर्मराज ओझा २२४ मतले विजयी भएका छन् ।

प्रतिस्पर्धीमा सबैभन्दा राम्रो मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका वडले निर्वाचित गराउने सबैलाई आभार तथा धन्यवाद ज्ञापन गरेका छन् । उनले लेखेका छन्, ‘हार्दिक आभार तथा धन्यवाद, नेपाली काँग्रेस क्षेत्र न ५ को आज सम्पन्न क्षेत्रीय अधिवेशनबाट मलाई सङ्घीय महाधिवेशन प्रतिनिधिमा आफ्नो अमूल्य मत दिएर विजयी गराउनु भएकोमा क्षेत्र न ५ सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा कार्य समितिका सभापति र शुभेच्छा प्रकट गर्नु हुने शुभेच्छुक, आफन्तजन र निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिती, काँग्रेसका क्रियाशील सदस्य सम्पूर्ण महानुभाव प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । साथै यहाँको निरन्तर सहयोगको अपेक्षा गर्दछु । जय नेपाल ।’

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा