आजबाट काँग्रेसको सुदूरपश्चिम अधिवेशनः यस्तो छ आजको कार्यतालिका 

Nwpali Congress
Nwpali Congress
December 02, 11:59

धनगढी, १६ मंसिर –

नेपाली काँग्रेसको १४ औं महाधिवशेनका शिलशिलामा आजदेखि सुदूरपश्चिम प्रदेशको पहिलो अधिवशेन आरम्भ हुदैछ ।

धनगढीमा हुने पहिलो अधिवेशनको दिउसो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको अधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.सशांक कोइराला लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अधिवशेन मुल व्यवस्थापन समितिका संयोजक तथा कैलाली काँग्रेस सभापति नरनारायण शाहले प्रदेशको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताए ।

उनका अनुसार  मन्च ब्यबस्थापन, ब्यानर,झण्डा, पोष्टर मम्पेलेट, स्वयम् सेवक  परिचालन र प्रचार–प्रसार लगायत सबै तयारी भईसकेको  छ ।अधिवेशनमा  सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट  ९ सय ७२ जना प्रदेश प्रतिनिधिहरु मतदाताका रुपमा रहेका छन् ।
यस्तै  अधिवेशनको आज दिउँसो २ बजे प्रधानमन्त्री तथा  नेपाली काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाले भर्चुअल माध्यमबाट  उद्घाटन गर्ने कार्यक्रम रहेको प्रथम सुदुर पश्चिम प्रदेश अधिवेशन प्रचार प्रसार समितीले जनाएको छ । 

यस्तो छ,अधिबेशनको आजको कार्यतालिका 

बिहान ८ः३०बजेः सहभागीको दर्ता(अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, कन्चनपुर, दार्चुल्ला डोटी जिल्ला मात्र)  
दिउँसो १२ः०० बजेः सहभागीको दर्ता (कैलाली जिल्ला मात्र)                                       
दिउँसो १ः३० बजेः उदघाटन कार्यक्रम प्रारम्भ 
दिउँसो २ः०० बजेः प्रधानमन्त्री तथा  नेपाली काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाद्धारा उद्घाटन

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा