राजनीति
November 24, 5:57
धनगढी जनता समाजवादी पार्टी का केन्द्रीय सदस्य सुरेन्द्र बहादुर खडायत नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
धनगढी स्थीत प्रदेश पार्टी कार्यालयमा बुधबार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज गरिमा शाह र कैलाली इृन्चार्ज तथा सुदूरपश्चीम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले टीका लगाएर प्रवेश गराएका हुन ।
दार्चुलाको शैल्य शिखर नगरपालिका १… विस्तृतमा
November 24, 3:07
धनगढी — सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा कांग्रेस क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रक्रिया सोमबार देखि सुरु भएको छ । बझाङ र बाजुरामा दसैंअघि नै निर्वाचन सम्पन्न भइसकेको हो । सोमबार देखि सुरु निर्वाचनमा कैलाली, कञ्चनपुर र अछामबाहेक एकमात्र निर्वाचन क्षेत्र भएका अन्य ५ जिल्लामा जिल्ला अधिवेशन पनि भइरहेको हो ।
एक संसदीय निर्वाचन क्षेत्र रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको… विस्तृतमा
November 24, 12:23
नेपाली कांग्रेस डोटी जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको पहिलो चरणको निर्वाचनबाटै वर्तमान सभापति बाहिरिएका छन्।
प्राप्त परिणाम अनुसार वर्तमान सभापति प्रदीपकुमार देउवाले पहिलो चरणको निर्वाचनमा तेस्रो धेरै अर्थात २१४ मात्रै मत ल्याउन सफल भएका छन्।
यहाँ पहिलो चरणको निर्वाचनमा खसेको १ हजार ८५ मतमध्ये सबैभन्दा धेरै ३८५ नरेन्द्र बहादुर सिंहले ल्याएका छन्।
त्यसपछि दोस्रो धेरै… विस्तृतमा
November 23, 10:58
डोटी,
नेपाली कांगे्रसको १४ औ महाधिवेशनमा डोटीमा भुमिराज बडु र नरेन्द्र बहादुर सिंहको सभापतिका लागि भोली बुधवार बिहान ८ बजे पुनः मतदान हुने भएको छ । आज भएको निर्वाचनमा डोटी बाट ५ जना सभापतिका उम्मेदवार रहेका थिएका थिए भने जस्मा नरेन्द्र बहादुर सिंह ३५८, भूमीराज बडु ३४२,प्रदिप देउवा २१४, नर व ढाँट ९१, टेकराज ओझो ३४ मत ल्यानु भएको थियो । ५ प्रतिस्पर्धामा जसले ५१ प्रतिशत मत ल्याउँछ उसको जित… विस्तृतमा
November 23, 7:56
धनगढी स् नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहराले पराजित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बोहरा पराजित भएका हुन्।
१० जनाका लागि भएको निर्वाचनमा सभापति बोहरा ११औं नम्बरमा परेपछि उनी पराजित भएका हुन्। महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री एनपी साउँद पक्षीय… विस्तृतमा
November 23, 10:05
काठमाडौँ,७ मंसिर / नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार सुरु हुन नसकेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन आज सुरू हुने भएको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सोमबार १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको पार्टी कार्यालयले जनाएको छ । यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम… विस्तृतमा
November 22, 7:24
डोटीर ६, मंसिर
नेपाली काँग्रेस डोटीका चौधौँ जिल्ला अधिवेशनमा जगत बहादुर खड्काले जिल्ला समिति सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील रहेका खड्काले जिल्ला सदस्यका लागी आफ्नो उम्मेदवारी रहेकोले सहयोग गर्न सबै प्रतिनिधिसँग अपिल गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।
लामो समय देखी सामाजिक सेवा सक्रिय हुन । सुदृढ र व्यवस्थित काँग्रेस बनाउनका लागी आफ्नो उम्मेदवारी रहेको… विस्तृतमा
November 22, 11:48
दार्चुला, ६ मंसिर/ सार्बजनिक खेला समितिकी सभापति तथा प्रदेशसभा सदस्य कुमारी नन्दा बमले काँग्रेसलाई हाक्न अब युवा तयार रहनुपर्ने बताईन् । देशभरको काँग्रेसको महाअधिवेशनले युवाहरु नै राजनीतिक मुलधारमा हाबी भैरहेको राम्रो सन्देश दिएको बताईन्
दार्चुलाको खलंगामा नेपाली काँग्रेस दार्चुलाको प्रदेस सभा क्षेत्र न १ ‘क’का प्रथम सभा क्षेत्रीय अधिवेशन उद्घाटनमा बोल्दै सो कुरा बताईन् । दाचुलामा काँग्रेसको… विस्तृतमा
November 21, 3:45
काठमाडौँ,५ मंसिर ।
नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।
आज आइतबार दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएका हुन् ।
November 21, 1:47
काठमाडौँ,५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।
उम्मेद्वारी घोषणा गर्न रावलले आज आइतबार दिउँसो ३ बजे भृकुटी मण्डपमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् । तर, उनले कुन पदका लागि उम्मेदवारी घोषणा गर्न लागेको खुलाएका छैनन् ।
उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा… विस्तृतमा
November 21, 10:52
धनगढी,५ मङ्सिर । नेपाली काङ्ग्रेस कैलालीको प्रदेश सभामा पनि देउवा पक्षकै उम्मेदवारले बर्चस्व कायम गरेका छन् । सो पार्टीको १४ औं महाधिवेशन अन्तर्गत यहाँ भएको प्रदेश सभा अधिवेशनमा नेपाली काङ्ग्रेसका सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका हुन ।
यसअघि भएको पालिका अधिवेशनमा देउवा पक्षकै उम्मेदवारले बाजी मारेका थिए । प्रदेश सभामा विजयी सबै जना पार्टी सभापति देउवा पक्षका उम्मेदवार रहेका प्रचारप्रसार… विस्तृतमा
November 20, 11:45
डोटी- नेपाली कांग्रेस डोटी प्रदेश सभा ख (क्षेत्रीय) कार्यसमितिको उपसभापतिमा बोगटान फुडसिल गाउँपालिकाका शेर बहादुर बम र किरण मल्ल निर्विरोध निर्वाचीत भएका छन् ।
शनिवार प्रदेश सभा समितिका लागि डोटीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता परेको थियो । उपसभापतिका लागि २ पदमा बम र मल्लको मात्र उम्मेदवारी परेको निर्वाचन समिति सदस्य घनश्याम भट्टले जानकारी दिए । त्यस्तै प्रदेश प्रतिनिधीमा भक्त बहादुर… विस्तृतमा
November 20, 10:58
डोटी/ ४, मंसिर
नेपाली काँग्रेस डोटीका चौधौँ जिल्ला अधिवेशनमा प्रेम बहादुर कठायतले जिल्ला समिति सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील रहेका कठायतलेले जिल्ला सदस्यका लागी आफ्नो उम्मेदवारी रहेकोले सहयोग गर्न सबै प्रतिनिधिसँग अपिल गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।
जिल्ला सदस्यका उम्मेदवार प्रेम बहादुर कठायत लामो समय देखी सामाजिक सेवा सक्रिय हुन । सुदृढ र व्यवस्थित… विस्तृतमा
November 20, 10:17
डोटी : नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत डोटीको उपसभापतिमा पदम रावतले उम्मेदवारी दिएका छन्। २०६७ साल देखि २०७२ सम्म जिल्ला कार्य समिति सचिवको भूमिका निर्वाह गरेका उनले यसपटक उपसभापतिमा दाबी गरेका छन्।
केआई सिंह गाउँपालिका–१ घर भएका उनी २०५४ साल देखि राजनीतिमा सक्रिय छन्। उनी २०५८ सालमा डोटी बहुमुखी क्याम्पसको नेवि संघ सभापति रहेका थिए। यस्तै २०६४ देखि रावत जिल्ला कार्य समितिमा रहेका… विस्तृतमा
November 20, 1:49
डोटी स् नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेश अन्तर्गत डोटी प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा नर बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।खड्काले डोटीको प्रदेश सभा क बाट प्रदेश प्रतिनिधि घोषणा गरेका हुन् ।
पार्टीको सक्रिय सदस्य रहेका खड्काले १४ औं महाधिवेशनमा डोटी प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा उम्मेदवार बनेका छन् । अग्रजलाई सम्मान गर्दै युवाको आवाजलाई प्रतिनिधित्व गर्दै पार्टीलाई थप उर्जा… विस्तृतमा