उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा

news
news
December 12, 5:18

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । मतदानको अघिल्लो दिन आइतबार आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता कब्जा गर्ने प्रयासमा रहेकाले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले भने, ‘म पार्टी सभापति बने तीन तहको निर्वाचन जिताउने छु । प्रधानमन्त्रीका रुपमा स्वतन्त्र, निष्पक्ष निर्वाचन गराउँछु । काङ्ग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउँछु ।’

सम्बोधनका क्रममा उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति हुँदा सरकार र पार्टी दुबै कमजोर भएको इतिहास रहेको भन्दै उनले भने, ‘यहाँ देउवाको हार जितको विषय होइन, प्रजातन्त्र बचाउनुछ, काङ्ग्रेसलाई जिताउनुछ ।’

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा