धनगढीका मेयर वडद्धारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

एक
एक
December 11, 5:45

धनगढी,२५ मंसिर / नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा धनगढी उप(महानगरपालिकाका मेयर नृप बहादुर वडले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । मेयर वडले काँग्रेस केन्द्रीय सदस्य ९दलित समावेशी० पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

देशकै उत्कृष्ट नगरपालीकाको उपाधि पाएका मेयर वडले राष्ट्रिय सभा गृहमा पुगेर केन्द्रीय सदस्य दलित समावेशीमा मनोनयन दर्ता गराएका हुन्। उनको मनोनय पत्रमा नेपाली काँग्रेसका नेता हरीश खड्काले समर्थन जनाएका छन् भने उद्धवबहादुर बिष्टले प्रस्ताव गरेका छन् । मनोनय दर्तापछि उनले मतदातालाई आफ्नो अमूल्य मत दिन आग्रह गरेका छन्।

को हुन नृपबहादुर वड ?
बिद्यार्थी जीवनकालदेखि राजनीतिमा संक्रिय नगर प्रमुख वड निवर्तमान नगर सभापति हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय वड बिभिन्न पदमा रहेर पार्टीको गतिविधि अगाडि बढाएको दाबी छ । उनले पार्टी सुदृढीकरण, सशक्त र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ।

‘उप–महानगरपालिकाको नगर प्रमुख हुँदै गर्दा अप्ठ्यारो परिस्थिति थियो । प्रदेश र संघ सरकार हाम्रो पक्षमा थिएन’ रिपोट्स क्लवमा भएको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख वडले भने, ‘त्यो विषम परिस्थितिमा उप–महानगरपालिकालाई देशकै उत्कृष्ट उप–महानगरपालिका घोषणा गराउन सफल भयौं । उनले दुई कार्यकाल नगर सभापति हुँदा स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जनप्रतिनिधिहरु नेपाली काँग्रेसकै बहुमत निर्वाचित गराउन सफल भएको बताए । उनले कोभिड–१९ महामारीमा देशका सबै जिल्लाका नागरिकलाई नाकामा व्यवस्थापन गरेर गन्तव्यसम्म पुगाउन सफल भएको बताए । कोभिड–१९ महामारी सफलता पूर्वक व्यवस्थापन गरेका कारण संघीय, प्रदेश सरकारले छनौट गर्दै गर्दा धनगढी उप–महानगरपालिका तीन पटक सम्मानित भएको बताए ।

‘हरेक जातजातीको अधिकारका पक्षमा आवाज उठाउँदै सबैको माग, विकासका पक्ष र हरेक समस्याका पक्षमा आवाज उठाउछु’ नगर प्रमुख वडले भने, ‘सबैलाई सम्मान गर्दै सबैको सल्लाह सुझाब र अग्रजहरुको निर्देशन अनुसार काम गर्नेछु । ‘म कहिकतैबाट भ्रष्ट्राचार हुन दिदैन’ वडले भने, ‘राजनीति भनेको पैसा कमाउनका लागि होइन्, सम्मान र समाजलाई अगाडि बढाउनका लागि हरेक तह र तप्कासम्म अगाडि बढ्ने तथा समाजलाई अगाडि बढाउनका लागि हरेक तह तप्कासम्म अगाडि बढाउनका लागि मेरो उम्मेदवारी हो ।’ ‘मैले सुदूरपश्चिमका हरेक जिल्लाका समस्या बुझेको छु । मैले देशका हरेक प्रदेशका दलित तथा अन्य वर्गहरुको समस्या पनि बुझेको छु’ उनले भने, ‘म वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन उममेदवारी दिएको बताए।’
यस्तै, नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उपप्रमुख शुशिला मिश्र भट्टले पनि उम्मेदवारी दर्ता गराएकी छिन्। काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश ९महिला तर्फ०को केन्द्रीय सदस्यमा उपप्रमुख भट्टले उम्मेदवारी दर्ता गराएकी हुन्। प्रधानमन्त्री शेर बहादुर देउवाको प्यानलबाट उनीहरु दुवै जनाले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा