सभामुख पार्टीका दुत मात्रै भए – एमाले सचिब भट्ट
धनगढी, ७ पुस / नेकपा एमालेका सचिब लेखराज भट्टले संघिय संसदका सभामुख सभामुख जस्ता नभएको आरोप लगाएका छन । गेटा बिमानस्थमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । संसद मा एमाले गरिरहेको बिरोधको बारेमा पत्रकारहरु सोधेको प्रश्नको उत्तर दिँदै उनले परमादेशबाट आएको सरकारले अहिलेको गतिरोध रोक्न नसक्ने बताए ।
‘सभामुख सभामुख भएका छैनन, उनी पार्टीका दुत भएर आएका छन,’ सचिब भट्टले भने,’ सदन कसरी चलाउनु पर्छ भन्ने उनलाई ज्ञान नै छैन । सदनलाई कसरी अगाडी बढाउने , संसदिय मर्याद कसरी राख्नु पर्छ भन्ने उनलाई ज्ञान नै छैन ।’
भट्टले परमादेशबाट आएको सरकारले जे गर्नु पर्थ्यो त्यही गरिरहेको बताए । उनले यो सरकारबाट नागरिकलाई धेरै अपेक्षा नरहेको समेत दाबी गरे । भट्टले एमसिसीको बारेमा एमाले पार्टी भित्र कुनै दुबिधा नरहएको प्रष्ट पारे ।
‘पहिले त सरकारले सदनमा यो बिषय ल्याउनु पर्यो अनी के गर्ने भन्ने हुन्छ,’ भट्टले भने,’ गठबन्धनवाला सरकारले हामी सँग बहुमत छ भन्दै छ, टेबुल गरे हुन्छ त । हाम्रो त सहयोग चाहिन्छ भनेकै छैन त ।’ पहिलेको सरकारले नै ल्याएको एमएमसीलाई एमाले सरकारले ले अगाढी बढाएको उनको भनाई रहेको छ।