मनकारी अभिभावक : छोराको जन्मोत्सवमा  दृष्टि फाउण्डेसनलाई सहयोग

Birthday Wishes
Birthday Wishes
June 24, 12:11

धनगढीका युवा व्यवसायी तथा शिव शक्ति ड्राइभिङ सेन्टरका सञ्चालक पूर्ण प्रसाद खनालले धनगढीमा रहेको दृष्टि फाण्डेसन लाई खाद्यान्न सहयोग गरी ३ वर्षीया छोरा अनुभवको जन्म दिन मनाएका छन् । 
छोरालाई सानै उमेर देखि सामाजिक सेवामा उत्प्रेरित गर्न र समाजमा रहेका असाहे दिन दुखी लाई सहयोग गर्न उद्देश्य छोराको जन्म दिन अल्कालिन सुरक्षित घर दृष्टि फाउण्डेसन लाई सहयोग गरेको मनाएको व्यवसायी पूर्ण खनालले बताए । 
जन्म दिनका अवसरमा फाउण्डेसनको सल्लाह अनुसार १० किलो सर्फ, १० लिटर खाने तेल, ५ लिटर हारपिर्क, ५ लिटर फिनाईल, १० पाकेट फुरनदाना र एक पेटी चाउचाउ हसयोग गरिएको छ । 
छोराको जन्म दिनको अवसर पारेर धनगढी उपमहागरापालिका वडा नम्बर ७ मा रहेको दृष्टि फाउण्डेसन लाई पहिलो पटक सहयोग गरे पनि आगामी दिनमा अन्य क्षेत्रमा पनि सहयोग गदै जाने उनले बताए । 
सहयोग कार्यक्रममा बोल्दै दृष्टि फाउण्डेसनकी सदस्य चन्द्रा तिरुवाले रचनात्मक काम गरी जन्मदिन मनाउने क्रम बढ्नु सकारात्मक भएको बताइन् । 
उनले मुठी दानबाट सञ्चालन हुँदै आएको दृष्टि फाउण्डेसन लाई सबैको साथ र सहयोगको आवश्यक रहको बताइन् । दृष्टि फाउण्डेसनमा हाल २३ जना महिलाहरू रहेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा