खेलकुद
August 30, 12:18
काठमाण्डौ,१३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्।
बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन्।
शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल… विस्तृतमा
August 30, 11:27
काठमाण्डौं,१३ भदौ । आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ।
नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ। यसअघि नेपालले आइसिसीका अरु स्थायी सदस्यविरूद्ध खेले पनि वरीयताको नम्बर एक टिमसँग भने एकदिवसीय खेल खेलेको थिएन।
यस्तै नेपालले एकदिवसीय खेलमा… विस्तृतमा
August 30, 8:18
काठमाडौँ,१३ भदौं। एसियाकप क्रिकेट आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।
नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको… विस्तृतमा
August 29, 6:24
काठमाण्डौं,१२ भदौ । नेपाल बुधबार एसिया कपमा डेब्यू गर्दैछ। कुनै पनि फर्म्याटका खेलमा नेपालको पहिलोपटक पाकिस्तानसँग भेट हुन लागेको हो। नेपालका लागि बुधबार पाकिस्तानसँगको खेल उत्साहपूर्ण मात्रै रहने छैन, उत्सव मनाउने अवसर समेत प्राप्त गर्न सक्छ।
पाकिस्तानले घरेलु मैदानको अत्यधिक लाभ लिने क्रममा नतिजा नेपाललाई सुम्पिन सक्ने आकलन क्रिकेटसम्बन्धी अनलाइन क्रिकइन्फोले गरेको छ। नेपालले क्रिकेटमा… विस्तृतमा
August 27, 9:12
काठमाडौं,१० भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।
यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म… विस्तृतमा
August 26, 10:36
काठमाण्डौं,०९ भदौ । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन्। समूह चरणको अन्तिम खेलमा हारका बाबजुद पनि फाइनल पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालले लिगको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित हात पारेको थियो।… विस्तृतमा
August 25, 5:20
महेन्द्रनगर,०८ भदौ । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्यो ।
कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा बक्सिङतर्फ गोरखबक्स गण अछाम द्वितीय र भैरवप्रसाद गण डोटी तृतीय भए ।… विस्तृतमा
August 23, 1:53
धनगढी,०६ भदौ । आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हन्जाउ प्रान्तमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुने भलिबलका पुरुष र महिला दुबै टिममा सुदूरपश्चिमको वर्चश्व रहेको छ ।
एसियाडमा सहभागी हुने पुरुष टिममा सुदूरपश्चिमका ६ खेलाडी रहेका छन् । त्यस्तै, महिला टिममा सुदूरपश्चिमका ५ खेलाडी र प्रशिष रहेका छन् । दुबै टिममा कूल १२–१२ जना खेलाडी समावेश छन् ।
भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिश… विस्तृतमा
August 23, 10:21
काठमाडौं,०६ भदौ। मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० आई क्रिकेट सिरिजमा नेपालले आज (बुधवार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र कुवेतबीचको खेल नेपाली समयानुसार बिहान ११ः४५ बजेबाट मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ।
आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतबीच सिरिज खेल आयोजना भएको हो।
नेपालले सिरिजको पहिलो खेलमा हङकङविरुद्ध जित निकालेको थियो।… विस्तृतमा
March 19, 10:19
कञ्चनपुर – कञ्चनपुर जिल्ला स्तरीय यु–१६ छनौट क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । फाइनल खेलमा नागार्जुनले ब्रह्मदेव चिल्द्रेन स्कुल ब्रह्मदेवलाई ४६ रन ले पराजित गरी उपाधि हात पारेको हो । उपाधिसँगै नागार्जुन स्कुलले नगद २५ हजारसहित ट्रफि प्राप्त गर्यो । उपविजेता ब्रह्मदेव चिल्द्रेन स्कुलले १५ हजारमा चित्त बुझायो ।
कञ्चनपुर जिल्ला क्रीकेट सङ्घको आयोजनामा… विस्तृतमा
February 26, 8:56
धनगढी – धनगढीमा सम्पन्न चौथो प्याब्सन धनगढी क्रिकेट कप प्रतियोगिताको उपाधि लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले जितेको छ । आइतबार भएको फाइनल खेलमा स्टेपिङ स्टोन स्कुललाई ८ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधि हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको स्टेपिङ स्टोन स्कुलले १६ ओभर तीन बलमा सबै विकेट गुमाएर ७८ रन मात्रै बनाउन सकेको थियो । स्टेपिङका ब्याट्सम्यानलाई सस्तैमा रोक्ने क्रममा लिटल… विस्तृतमा
February 18, 3:45
धनगढी - विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले जितेको छ । डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित गरी लोटस आईले उपाधि उचालेको हो ।
February 18, 6:44
धनगढी -
कैलालीको धनगढीमा माघ २१ गतेबाट सुरु भएको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल आज समापन हुने छ । फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि आज डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी अत्तरिया र लोटस आइ इङ्लिस मिडियम स्कुल अत्तरिया प्रतिस्पर्धा गर्दै छन् । खेल फाप्ला मैदानमा दिउसो १२ बजे सुरु हुने छ ।
सत्यवती प्रतियोगिताको अपराजित… विस्तृतमा
February 16, 5:28
धनगढी
कैलालीको अत्तरियाका लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल र सत्यवती एकेडेमी धनगढीमा जारी विद्यालय स्तरीय यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० को फाइनलमा प्रवेश गरेका छन् । लोटस आइले आयोजक लिटल फ्लावर बोर्डिङ हाइ स्कुललाई र सत्यवतीले नव बालबाटिका विद्यामन्दिर बौनियालाई पराजित गरी फाइनलमा स्थान पक्का गरेका हुन् ।
बिहीबार पहिले सेमिफाइनल खेलमा लिटल फ्लावरलाइ ७२… विस्तृतमा
February 16, 1:07
धनगढी -
लोटस आइ इङ्लिस सेकेण्डरी स्कुल कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु १९ राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को फाइनलमा प्रवेश गरेको छ । आयोजक लिटल फ्लावर बोर्डिङ हाइ स्कुल धनगढीलाई ७२ रनले पराजित गरी लोटस आइ उपाधि नजिक पुगेको हो ।
बिहीबार पहिले सेमिफाइनल खेलमा धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लोटस आइले निर्धारित २० ओभरमा ७ विकेट… विस्तृतमा