नेपाली भलिबल टिममा सुदूरपश्चिमको दबदबा, महिला र पुरुषतर्फ ११ जना अटाए

August 23, 1:53

धनगढी,०६ भदौ । आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हन्जाउ प्रान्तमा हुने १९ औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुने भलिबलका पुरुष र महिला दुबै टिममा सुदूरपश्चिमको वर्चश्व रहेको छ ।

एसियाडमा सहभागी हुने पुरुष टिममा सुदूरपश्चिमका ६ खेलाडी रहेका छन् । त्यस्तै, महिला टिममा सुदूरपश्चिमका ५ खेलाडी र प्रशिष रहेका छन् । दुबै टिममा कूल १२–१२ जना खेलाडी समावेश छन् ।

भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिश भट्टका अनुसार सुदूरपश्चिमका दुबै टिममा सहभागी सुदूरपश्चिमका खेलाडी अग्रपंक्ति रहेका छन् ।

नेपाली पुरुष टिममा सहभागीमध्ये रबिन चन्दर विनोद चन्द बैतडीका हुन् । बझाङका हेमन्त मल्ल र विशाल बहादुर विक पनि टिममा रहेका छन् । त्यस्तै, पुरुष भलिवल टिममा कञ्चनपुरका लोकेन्द्र गिरी र डडेल्धुराका टेकराज अवस्थी पनि छन् ।

एसियाड खेल्ने महिला भलिवल टिममा सुदूरपश्चिमका ५ जिल्लाका ५ खेलाडी सहभागी छन् ।

बैतडीकी पुनम चन्द, डडेल्धुराकी कविता भट्ट र दार्चुलाकी निरुता ठगुन्ना एसियाड खेल्ने नेपाली महिला भलिबल टिमका खेलाडी हुन् ।

त्यस्तै, कैलालीकी सरस्वती चौधरी र डोटीकी जानकी भण्डारी पनि महिला टिममा रहेका छन् ।

दुबै टिमको प्रशिक्षणमा खटिएका भए पनि कञ्चनपुरका जगदिश भट्ट महिला टिमका प्रमुख प्रशिक्षक हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा