डडेल्धुरामा दुर्घटनाग्रस्त अवस्थामा ट्रक फेला, चालकको मृत्यु

Acc ddl
Acc ddl
June 07, 3:40

धनगढी, जेठ २५ – डडेल्धुरा अन्तरगत के आई सिह राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा न १० राईमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ट्रकमा ४२ वर्षीय चालक जयदेव बिष्टको शव फेला परेको छ। 

शनिबार राति ११ बजे ट्राफिक प्रहरी पोष्ट स्याउलेमा ईन्ट्री गरि धनगढीबाट बाजुरा जिल्लाका लागि सिमेन्ट लैजादै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ट्रक सडकबाट करिव १०० मिटर तल पल्टिएको प्रहरीले जानकारी दिएको छ। 

चालक पाटन नगरपालिका ८ खोडेपेका रहेका छन्। चालक आफै गाडि मालिक रहेको र उनले चन्द्रौटाबाट बाजुराको लागि सिमेन्ट लैजाने क्रममा दुर्घटना भएको हो।

आइतबार बिहान स्थानीयहरुले ट्रक पल्टिएको अवस्थामा देखेपछि मात्रै प्रहरीलाई जानकारी गराएका थिए। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा