बझाङमा सुत्केरी महिलाको हेलिकप्टर बाट उद्धार

सुत्केरी महिलाको
सुत्केरी महिलाको
July 16, 5:39


दोरेन्द्र खड्का बझाङ ।
बझाङको साईपाल गाँउपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
साईपाल गाँउपालिका वडा नम्बर १ का संगविर धामीकी श्रीमती माता देवी धामीको थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर कोहलपुर मेडीकल कलेज नेपालगञ्ज पठाइएको हो ।
धलौन सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख रविन्द्र बोहराका अनुसार माता देवी धामीले असार ३० गते समय नपुग्दै मृत शिशुलाई जन्म दिएकी थिईन ।
तीन दिन सम्म सालनाल नआएको र अत्याधिक रक्तश्राव भई अवस्था जटिल भए पछि थप उपचारका लागी गाँउपालिकाका अध्यक्ष धामीको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा