दिल्ली क्यापिटल्समा पुर्व भारतीय टिमका कप्तान सौरव गांगुली सल्लाहकार नियुक्त

tgty
tgty
March 15, 12:09

 

फ्रेन्चाईज क्रिकेटको महाकुम्बको रुपमा रहेको ईन्डियन प्रिमियर लिग(आईपिएल) को १२ औं सिजन अबको १० दिनपछि सुरु हुँदैछ । आईपिएलको पुर्व सन्ध्यामा टिमहरुले आफुलाई बलियो साबित गर्न कडा मेहेनत गरीरहेका छन ।

यसैबीच नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स(डिसि) ले पनि अगामी सिजनको लागि टिममा नयाँ सल्लाहकारको रुपमा पुर्व भारतीय क्रिकेट टिमका कप्तान सौरव गांगुलीलाई भित्र्याएको छ ।

टिमका सल्लाहकार नियुक्त भएसङ्गै सौरव गांगुलीले अस्ट्रेलियाका पुर्व क्रिकेटर तथा दिल्लीका टिम प्रशिक्षक रिक्की पोन्टिङसङ्ग काम गर्नेछन ।

खेलाडी किन्नमा सर्वाधिक पैसा खर्च गर्ने सुचीमा अटाउने दिल्लीले यसपटक टिमको नाम समेत परिवर्तन गरेको छ । दिल्ली डेयर डेभिल्सको नामबाट परिचीत दिल्ली अब दिल्ली क्यापिटल्स बनेको छ भने उसले टिम कोचिङ स्टाफको रुपमा पुर्व भारतीय खेलाडी महोम्मद कैफलाई समेत भित्र्याएको छ ।

दोस्रोपटक आईपिएल खेलिरहेका सन्दिप लामिछानेले गत सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । केवल तिन खेल खेलेका सन्दिपले ५ विकेट हात पारेका थिए ।

यसपटक श्रेयस अय्यरको कप्तानिमा रहेको दिल्लिले आफ्नो पहिलो खेल अगामी मार्च २४ तारिखमा मुम्बई ईन्डियन्ससङ्ग खेल्दैछ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा