डोटीमा निर्मित १० शैयाको कोभिड आईसोलेसन वार्डको उद्घाटन

news
news
August 10, 8:15

डोटीमा नब निर्मित १० शय्याको कोभिड आईसोलेसन वार्ड्को सामाजिक बिकास मन्त्री लालबहादुर खड्काले उद्घाटन गर्नुभएको छ । जिल्ला अस्पताल डोटीको आयोजनामा सुदुर पश्मि प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरिएको वार्डको आज उद्घाटन गरिएको हो । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले गर्नुभएको थियो भने सामाजिक विकास मन्त्री लाल बहादुर खड्का प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रमा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, प्रहरी निरीक्षक रबिन्द्र चन्द जनस्वास्थ्य कार्यालय प्रमुख उद्वव ठगुन्ना राजनीतिक दलका प्रतिनिधि प्रशासकीय अधिकृत मधुकृस्ण पौड्याल स्वास्थ्यकर्मी लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख मन्जु मलासिले अस्पताललाई व्यवस्थित बनाउन मन्त्रीको सहयोगको आवश्यकता रहेकोले नगरले घोषणा पत्रमा गरिएका प्रतिज्ञा गर्दै आएको बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा