अफगानिस्तानबाट १६४ नेपाली स्वदेश आइपुगे, गैरकानुनी रूपमा जानेहरू जोखिममा

sasas
sasas
August 17, 11:54

काठमाडौँ –द्धन्द्धग्रस्त अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली कामदार स्वदेश फर्किएका छन् ।

तालिवानले प्रान्तीय राजधानी कब्जा गरेपछि नेपालीहरू स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगै दुई अफगानी नागरिक पनि नेपाल आएको बताउनुभयो ।

तालिवानले अफगानिस्तान पूर्ण नियन्त्रणमा लिएसँगै थप नेपाली कामदारको उद्धार सुरु भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले उद्धार गरेको छ । ती मध्ये केही आज नेपाल आइपुग्ने बताइएको छ । संयुक्त राष्ट्रसंघको कार्यालय, युएनएचसिआर, आइओएमलगायतका निकायमा कार्यरत चार सय ७० जना नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।

सरकारले अफगानिस्तनमा १५ सय मात्रै नेपाली कामदार भएको तथ्यांक सार्वजनिक गर्दा वैदेशिक रोजगार व्यवसायी संघले भने १५ हजारको संख्यामा रहेको जनाएको छ । जसमध्ये संस्थागत रूपमै जाने कामदार चार हजार रहेको संघको दाबी रहेको छ । गैरकानुनी रुपमा गएका नेपालीहरूलाई समस्या रहेको बताइएको छ । कतिपय नेपाली अहिले अफगानिस्तानमा रोजगारविहीन छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा