कोरोनाले बन्द विद्यालयले ‘विद्यार्थी दिवा खाजा’ का लागि भन्दै साढे २१ करोड खर्च गरेको खुलासा

School
School
August 21, 2:46

धनगढी – कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेला पनि दिवा खाजाका  लागि करोडौँ रुपैयाँ निकासा भएको पाइएको छ ।  महालेखा परीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदन अनुसार लकडाउन भएर विद्यालय बन्द भएको बेलामा पनि पालिकाहरूले विद्यार्थी दिवा खाजाका नाममा २१ करोड ४२  लाख रुपैयाँ लगेका छन् । २०७७ सालको चैतदेखि लकडाउन सुरु भएपछि असारसम्म धनुषाको सबैला नगरपालिकाले एक करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख, सिराहाको सिराहा नगरपालिकाले एक करोड ३८ लाख, रौतहटको फतुवा नगरपालिकाले ९७ लाख र गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ लगेका छन् ।

लकडाउनको बेला २८ वटा नगरपालिकाले १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् । यस्तै १३ वटा विभिन्न गाउँपालिकाले ६ करोड ३ लाख रुपैयाँ दिवा खाजाको लागि भनेर लगेका छन् । यस्तै, दिवा खाजा रकम विद्यालयलाई निकासा गर्दा अभिभावकलाई नगद दिने कुनै नियम कानुन नरहे पनि परोहा नगरपालिका रौतहटले दिवा खाजा बापतको रकम अभिभावकलाई बाँडेको र १ करोड १७ लाख रुपैयाँ निकासा अनियमित देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालय बन्द भएको बेलामा खाजाको लागि लगेको पैसा असुल गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न र भर्नादर बढाउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर दिवा खाजाको रकममा व्यापक अनियमितता भएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा