जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं : सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा तुइनको तार चुडिएपछि बेपत्ता भएका भएका आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिए।
सरकारले हैजा खोप र एमआरएलए भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ। कार्कीले नेपाल कानून आयोगको अध्यक्षमा पूर्वमुख्यन्यायाधीश जागेश्वर सुवेदी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।
सरकारले विद्युत प्राधिकरणको मैनादिया–सम्पतिया १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत केन्द्र रेखाबाट नौ मिटर दायाँ–बायाँमा पर्ने निजी जग्गा र संरचनाहरूको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोकेको छ।