निर्मला हत्याको अनुसन्धान तथ्य नजिक पुगेका छौं ः गृहमन्त्री

news dhn
news dhn
August 26, 6:41

काठमाडौं, १० भदौ । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्त हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताएका छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगिएको जानकारी दिए।

अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको उनले बताए। निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक सरकार पुगेको छ।

“अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अपराधी भाग्न सक्ने भएकाले पनि अनुसन्धान को अवस्था बाहिर नल्याइएको हो” गृहमन्त्री खाँडले भने, प्राप्त सूचना हेर्दा सत्य तथ्य छिट्टै पत्ता लाग्छ।

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। तर उनको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

२०७५ साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा