सरकारी पदक विवादमा, चार पत्रकारद्वारा पदक अस्वीकार

sasas
sasas
September 19, 3:58

काठमाण्डाै – संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक विवादमा पर्न थालेका छन् । योग्यताको मूल्याङकनन नगरि राजनीतिक दलसँग सम्बन्धित रहेकै आधारमा पदक दिएको भन्दै चौतर्फी आलोचना भएको हो । एक पटक पनि नसोधिकनै विभूषण पाउनेको सूचीमा आफ्नो नाम राखेको भन्दै केही पत्रकारले पदक अस्वीकार गरेका छन् । पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र कार्टुनिस्ट रविन सायमीले पदक नलिने घोषणा गरेका हुन् । उनीहरूले पदकको वितरण न्यायपूर्ण, विवेकपूर्ण र पारदर्शी हुनुपर्ने बताएका छन् । 

देश र समाजको सकारात्मक परिवर्तनमा भूमिका खेल्नेहरूलाई इज्जत र प्रतिष्ठाका साथ दिइने मान पदवी अहिले पञ्चायती शैलीमा वितरण गर्न लागिएको भन्दै उनीहरूले आलोचना गरेका छन् । यस पटक नाै सय तीन जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक घोषणा भएको छ । सरकारले सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्न स्वर्गीय कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई, दोस्रो ठूलो विभूषण राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशम्शेर (मरणोपरान्त) लाई र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ ।

यस पटक विभिन्न दल निकटका व्यक्ति र संस्थादेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बुबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालसम्मलाई पदक तथा विभूषणको घोषणा भएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा