तस्कर समात्न गस्तीमा गएका असईको शव नदीमा तैरिएको भेटियो, एक प्रहरी अझै बेपत्ता, डीआइजी घटनास्थलमा

Asai
Asai
October 18, 11:36

कैलाली - कैलालीमा गस्तीमा खटिएका एक प्रहरीको हत्या भएको छ।
नेपाल भारत सीमामा रहेको मोहना नदीमा ती प्रहरीको शवसमेत फेला परेको छ।  खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएको हो।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत बिटका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद शनिवार रातिदेखि वेपत्ता भएका थिए।

'दुईजना मध्ये एकको हो शव। नदीबाट निकाल्ने काम भइरहेको छ,' सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने।

प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरीक्षक (डीआइजी) उत्तम सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा