बाजुरामा दुई महिना पछि पुग्यो चामल

news
news
October 04, 3:07

बाजुरा, १८ असोज । बाजुराको पुर्वी उत्तरी भेग कोल्टीमा चामल पुगेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको दुई महिनापछि डिपोमा चामल पुगेको हो । निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो ।

चामलको चरम अभाव भएको बेला चामल ढुवानी भएको छ । निरन्तरको वर्षाका कारण साँफे–मार्तडी तथा मार्तडी–कोल्टी सडक खण्ड नखुलेपछि चामल कर्णाली करिडोरबाट ढुवानी गरेको हो ।

कोल्टी डिपोका लागि चामल ढुवानीको जिम्मा सुचदेवि अर्डर सप्लायर्सले लिएको थियो ।सुचदेवि अर्डर सप्लायर्सले कर्णाली कोरिडोरबाट चामल ढुवानी गरेर खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा पुगाएको छ ।

व्यापार कम्पनी र सप्लायर्सको कार्तिकबाट चामल ढुवानी गर्ने सम्झौता भएपनि चामलको चरम अभाव र आम सर्वसाधारणलाई सास्ती भएको भन्दै कठिनका साथ चामल ढुवानी गरेको सप्लायर्सले जनाएको छ ।

दशैंको मुखैमा खाद्यमा चामल अभाव भएको र सडकका कारण बजारमा महङ्गो मुल्य तिरेर खानु पर्ने बाध्यता आसर्वसाधारणलाई परेको भन्दै चामल समयमै ढुवानी गरेको हो ।

साँफे–मार्तडी सडक करिब साढे पाँच महिना पुगिसक्दा पनि सडक खुलेको छैन् सडकका कारण मार्तडीबाट ढुवानी गर्न समस्या भएपछि कर्णाली करिडोरबाट चामल ढुवानी गरी कोल्टी डिपोमा पुगाएको सुचदेवि अर्डर सप्लायर्सका सञ्चालक नन्द महताराले बताए ।

चामल ४ सय क्विन्टल ५० केजी ढुवानी गरेको महतारले बताए । कोल्टी डिपोमा चामल पुगिसकेकाले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले तत्काल सर्वसाधारणलाई चामल वितरण गर्ने जनाएको छ । सम्झौता अगावै विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै चामल ढुवानी गर्ने ठेकेदारलाई कोल्टी डिपाले धन्यवाद दिएको छ ।

दशैंको मुखैमा चामल अभावले आमसर्वसाधारणले सास्ती खेप्नु परेको थियो । चामल ढुवानी भएपछि सर्वसाधारणको मुखमा खुसी छाएको छ ।

यता जिल्ला सदरमुकाम मार्तस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा पनि चामल सकिएको करिब एक महिना पुगिसकेको छ । साँफे–मार्तडी सडक नखुलेपछि चमल ढुवानीमा ढिलाई भएको हो । सडक खुले लगत्तै चामल ढुवानी गर्ने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा