संगठन निर्माणमा सभापति रावलको सक्रियता बढ्यो

news
news
November 18, 1:02

बाजुरा - नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावल पार्टीको सभापतिमा निर्वाचित भएपछि संगठन निर्माण र सुदृढीकरणको अभियानमा झन् सक्रिय बन्दै गएका छन् । 
पार्टीको विधान र र पार्टीले गर्ने  वार्षिक कार्य योजनाहरु तल्लो तहका कार्यकर्तालाई बुझाउनका लागि अभियानका साथ संगठनको निर्माण कार्यमा सक्रिय भएर लाग्न थालेका हुन् । 

पार्टीलाई एकतावद्ध बनाउदै पार्टीको हितमा हुने गरी फरक पार्टीमा रहेका कार्यकर्तालाई काँग्रेस प्रवेश गराउने कार्यमा सभापति रावल खटिएका छन् ।
उनले बुधबार नेपाली काँग्रेस त्रिवेणी नगरपालिका–४ को वडाको पार्टी कार्यलय उद्घाटन कार्यक्रममा तोलीका ९ परिवार काँग्रेसमा प्रवेश गराएको नेविसंघका युवा नेता भरत बुढाले बताएका छन् । 

May be an image of 6 people, people standing and outdoors
पार्टीको वडा कार्यालय उद्घाटन कार्यक्रममा सभापति रावलले तोलीका  नेकपा एमालेमा आस्थावान कार्यकर्तालाई काँग्रेस प्रवेृश गराएका हुन् । 
उनले त्रिवेणीबाट नै काँग्रेसलाई जिल्लाकै ठुलो पार्टी बनाउन र काँग्रेसमय जिल्ला बनाउनका लागि उक्त नगरपालिकाबाट अभियानलाई अघि बढाएको बुढाले बताए ।  
पार्टी एकता,सहकार्य र सहमतीबाट नै संचालन गर्दै  काँग्रेस बलियो बनाउने गरी  लाग्ने सभापति रावलले प्रतिवद्धता गरेका छन् ।
९ परिवारले एमाले छोडे 
जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीका नेकपा एमालेका ९ परिवारले पार्टी छोड्दै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

May be an image of 2 people, people standing and outdoors
नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा सोही  नगरपालिका –४ तोलीका जहरी साउँद ,गणेश साउँद,भान बहादुर साउँद,शितल साउँद,उर्मिला सार्की लगायत ९ घरपरिवारका ३० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस त्रिवेणी नगर कार्य समिति सचिव गणेश साउँदले जानकारी दिएका छन् । 
नेपाली काँग्रेस त्रिवेणी नगरपालिका–४ को पार्टी कार्यालय उदघाटन तथा चियापान कार्यक्रममा एमालेले देखाएका सपना र जनताको मतको समेत कदर नगर्दा काँग्रेस प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् । 
एमालेको सरकारले जनतालाई ठुला ठुला आश्वासन दिने तर  काम नगर्ने,जनताको मतदानको कुनै कदर नहुने लगायतका कार्यशैली मन नपरेकाले काँग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरुले बताए । 
नेपाली काँग्रेस त्रिवेणी नगरपालिका–४ को पार्टी कार्यालय उदघाटन तथा चियापान कार्यक्रम सम्पन्न  भएको छ ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रमा वडा सभापति नरबहादुर साउँदको अध्यक्षतामा संचालन भएको कायर्यक्रममा नेपाली काँग्रेस बाजुराका सभापति सभापति राम सिंह रावल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा काँग्रेस नेतातथा पार्टी सभापतिका उम्मेदवार चक्र शाह, नेपाली काँग्रेसका उपसभापति पदम बडुवाल, सचिव तिलक पुरी,भरत रोकाया ,महाधिवेशन प्रतिनिधि कर्ण बहादुर थापा,राधिका सुनार विशिष्ट अतिथी रहेका थिए । 
वडाको पार्टी कार्यालय उद्घाटनमा नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्रध ख का प्रदेश सचिव दिल बहादुर थापा ,नेपाली काँग्रे्रेसका बडिमालिकाका नगर सभापति गोपाल कार्की,त्रिवेणीका सभापति सुरेन्द्रराज गिरी, नेविसंघ पुर्व केन्द्रीय सदस्य विरेन्द्र गिरी, महिला संघ अध्यक्ष अमृता सिंह , तरुण दल सचिव हिरेन्द्र रोकाया,युवा नेता मीन भण्डारी लगायत  जिल्ला कार्यसमितिका सदस्य लगायत सहभागी थिए  । 

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा