डोटीमै महेन्द्रा कम्पनीका गाडीहरु खरिद र मर्मत गर्न सकिने

एक
एक
December 11, 6:05

डोटी – डोटीमा महेन्द्रा कम्पनीको सोरुम उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ग्यारेज र सोरुमको एकसाथ उद्घाटन गरिएको हो ।अग्नी ग्रुपका डाइरेक्टर क्याविनेट श्रेष्ठ र दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले रिवन काटेर सोरुम र ग्यारेजको उद्य्घाटन गरेका हुन् ।दक्षिणकाली मोटोकर्प प्रा.लि.ले सुदूरपश्चिमका पहाडी जिल्लाहरुलाई लक्षित गरेर महेन्द्राको सोरुम खोलेको हो । दक्षिणकालीले सुदूरपश्चिमका डोटी, अछाम, बझाङ, बाजुरा र कैलाली जिल्लामा सेवा दिदै आएको छ ।

सोरुमबाट महेन्द्रा कम्पनीका सबै मोडलका नयाँ गाडीहरु खरिद गर्न सकिने दक्षिणकाली मोटोकर्प प्रा।लि।का प्रबन्ध निर्देशक नविन जोशीले बताए । योसँगै सोरुममा महेन्द्रा कम्पनीका सबै गाडीहरुको फुल सर्भिसिङ्ग गरिने र स्पेयर पार्टसहरु उपलब्ध हुने उनले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आधुनिक तथा सुविधा सम्पन्न गाडी सोरुम तथा विक्री केन्द्र सञ्चालनमा ल्याउने यो पहिलो कम्पनी हो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा महेन्द्रा गाडीहरुको बढ्दो माग रहेको छ । ग्रामिण सडक तथा छोटो दुरीमा महेन्द्राका थुप्रै सवारी साधनहरु चल्ले गरेकाछन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा