महाकाली अस्पतालमा र्‍यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया

news
news
December 13, 11:20

कञ्चनपुर, २७ मंसिर / कञ्चनपुरको महाकाली अस्पतालमा ¥यालग्रन्थीमा रहेको ट्युमरको सफल शल्यक्रिया गरी निकालिएको छ।
¥यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ वर्षीया लिला पन्तको ट्युमर निकालिएको हो। तीन वर्षदेखि कानको तल ¥यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शनिबार उनको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो। 
अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले ¥यालग्रन्थीमा रहेको चार सेन्टिमिटर लामो र तीन सेन्टिमिटर चौडाइ बराबरको ट्युमर शल्यक्रिया गरी निकालिएको बताए। ट्युमर समयमै निकालिँदा क्यान्सर हुनबाट जोगाइएको उनले बताए। शल्यक्रिया गरिएका महिलाको स्वास्थ्य अवस्था सामान्य रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्। शल्यक्रियामा डा  भट्ट, डा जेन्स थापामगर एनएसथेसिया डा दीपक ठकुराठीलगायतको सहभागिता रहेको थियो।
शल्यक्रिया गरिएका महिलाका श्रीमान् मानप्रसाद पन्तले तीन वर्षदेखि श्रीमतीको कानमुनि मासुको गाँठा देखिएपछि उपचारका लागि निकटवर्ती भारतीयदेखि यहाँका धेरै अस्पतालमा पुगे पनि उपचार हुन नसकेको बताए। “धेरै ठाउँमा देखायौँ”, उनले भने, “रु ६० हजार सकिँदासमेत निको भएन। महाकाली अस्पतालमा शल्यक्रिया गर्न रु ३७ हजार खर्च गरी सफलरुपमा शल्यक्रिया भएको छ। शल्यक्रिया सफल भएपछि निकै खुसी भएका छौँ।”  “कानमुनि पलाएको मासुको गाँठा पहिला सानो थियो। विस्तार बढ्दै गयो”, शल्यक्रिया गरिएकी लिलाले भने, “बढ्दै जान थालेपछि निकै दुख्नसमेत थाल्यो। अस्पतालमा शल्यक्रिया भएपछि अहिले सहज भएको छ।” रासस

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा