पुनर्वास–बेलौरीमा सुरक्षा निकायको कडा निगरानीमै भित्रिन्छन् भारतीय माछा

news
news
December 22, 10:08

पुनर्वास,७ पुष   / कञ्चनपुरको पुनर्वास–बेलौरीका बजारहरुमा सुरक्षा निकायकै कडा निगरानीमा भारतीय माछाहरु भित्रिने गरेको छ ।
चिसो बढेसँगै पुनर्वास–बेलौरी क्षेत्रका अवैध सिमा नाका कंकड,कार्गिलडाँडा र बेलौरीको फटिया, थापा चोक, खजुरीया नाका हुँदै दैनिक लाखौ मुल्य बराबरका माछाहरु भित्रिने गरेपनि नियन्त्रणमा भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पछाडी हटेको देखिन्छ ।
खुलेयाम दैनिकै बिहानैबाट तस्करी हुने गरेपनि दुवै सुरक्षा निकायहरुलाई तस्करीका विषयमा बुझ्न खोज्दा आफ्नो क्षेत्रबाट कुनैपनि तस्करी नभएको दावी गर्छन् ।
यता सो क्षेत्रबाट भित्रिने माछाहरु कैलाली र कञ्चनपुरका विभिन्न शहरहरुमा नेपाली माछाको नाममा बिक्रि हुने गरेको महेश फिस फर्म बेलौरीका सञ्चालक माछा पालक किसान सोवरन रानाले बताए ।
माछा पालक किसान रानाका अनुसार भारतबाट अवैध रुपमा नियमित माछाको आयात हुने गरेपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले नियन्त्रण गरेको भने नदेखिएको बताए ।   माछाको आयातलाई दुवै सुरक्षा निकायले नदेख्नु र नरोक्नुले सुरक्षा निकायको नियती प्रति किसान रानाले खोट देखाएका छन् ।
 
विभिन्न प्रहरी कार्यालयबाट तस्करी रोक्न सिभिलमा खटाएका नेपाल प्रहरीका प्रतिनिधिहरु सीमामा देखिएपनि तस्करी रोकिदैन उल्टै आर्थिक लेनदेनबाट तस्करी गराउँछन् । रानाले भने माछा तस्करी गराए वापत प्रहरीका उच्च अधिकारी सम्म रकम पुग्छ ।
 १५ विघा तालमा करिब १२ सय क्विन्टल माछा बिक्रिका लागि तयार भएपनि प्रहरीहरुका कारण लगानीनै धरापमा रहेको उनको गुनासो छ ।

 पुनर्वास–बेलौरी क्षेत्रका अवैध सीमानाकाहरु चलायमान देखिएपनि यिनिहरुको नियन्त्रण तर्फ कसैको ध्यान पुग्न नसकेको स्थानियहरुको ठहर छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा